कामदार भिसा प्रतिबन्ध समाप्त, अस्वीकृत भएकाले पुन: आवेदन दिनसक्ने, अरुलाई प्राथमिकता


प्रकाशित मिति : चैत्र २१, २०७७ शनिबार

अमेरिकी दूतावास काठमाडौं

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कामदार भिसा एचवानबी, एचटुबी, एक्सचेन्ज भिजिटर जे भिसा र अस्थायी कामदार एल भिसामाथिको रोक मार्च ३१ मा समाप्त भएपछि अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको अबको प्रकृयाबारे अपडेट गरेको छ । कोरोना महामारीका कारण अमेरिकाको श्रमबजार प्रभावित भएको भन्दै पूर्व राष्ट्रपति ट्रम्पले मार्च ३१ सम्म कामदार भिसामा रोक लगाएका थिए, जुन वर्तमान राष्ट्रपति जो बाइडेनले नहटाइकन निर्धारित समयमा नै एक्सपायर भएको थियो ।

अहिलेसम्म अन्तरवार्ता नभएका आवेदकका सन्दर्भमा उनीहरुको आवेदनलाई प्राथमिकता दिने र चरणवद्ध भिसा सेवा सुचारु गर्ने निर्देशिका अनुशार प्रकृयामा अगाडि लैजाने ब्यूरो अफ कन्सुलर अफेयर्सले स्पष्ट पारेको छ । त्यस्तै भिसा अन्तरवार्ताका लागि मिति तय नभएकाहरुका सन्दर्भमा पनि प्राथमिकता दिने र चरणवद्ध भिसा सेवा सुचारु गर्ने निर्देशिका अनुशार प्रकृयामा लगिने भएको छ ।

राष्ट्रपतिको कार्यकारी आदेश १००५२ अन्तरगत भिसा अस्वीकृत भएकाहरुले पुन भिसाका लागि आवेदन दिनसक्ने ब्यूरो अफ कन्सुलर अफेयर्सको भनाई रहेको छ । तर त्यसका लागि नयाँ आवेदन र नयाँ शुल्क पेश गर्नुपर्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चरणबद्ध रुपमा भिसा प्रकृया दूतावास र कन्सुलेटको अवस्था अनुशार संचालन भइरहेको छ । दूतावास र कन्सुलेटले आफ्नो क्षमता अनुशार विभिन्न प्रकारका भिसाहरु जारी गरिरहेका छन् । दूतावास र कन्सुलेटको अवस्थामा सुधार भएपछि थप प्रकारका भिसाहरु पनि जारी गरिदै जाने भएकाले सम्बन्धित देशको दूतावास वा कन्सुलेटको वेवसाइट चेक गर्न सुझाव दिइएको छ ।

अमेरिकी दूतावास काठमाडौंले अमेरिकी नागरिकका मंगेतर र परिवारका सदस्यहरु, रिटर्निङ रेसिडेण्ड भिसा र अन्य आप्रवासी भिसाहरु अत्यन्तै सिमित संख्यामा जारी गरिरहेको छ । त्यस्तै भिजिटर भिसा बीवान बी टुको नविकरण, सिमित संख्यामा विमान र पानीजहाजका कर्मचारीहरुलाई भिसा, सिमित संख्या विद्यार्थी भिसा एफ, एम र जे, सिमित संख्यामा एच र एल श्रेणीका कामदार भिसा र मेडिकल तथा अन्य आपतकालिन अवस्थाका लागि भिसा समेत अमेरिकी दूतावास काठमाडौंले जारी गरिरहेको छ ।

गैर आप्रवासी भिसा आवेदकहरुले बुझाएको भिसा शुल्क सन् २०२२ को सेप्टेम्बर ३० सम्म प्रयोग गर्न सकिने भएकाले भिसा शुल्क बुझाएर अप्वाइन्टमेन्ट लिन नपाएकाहरुले उक्त मितिसम्म अन्तरवार्ता अप्वाइन्टमेन्ट लिन सक्नेछन् । यदि आवेदकको आपतकालिन अवस्थामा यात्रा गर्नुपर्ने भएमा त्यसका लागि अनुरोध गर्न सकिने र दूतावासले आवेदन अनुशार निर्णय लिने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com