२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
भ्याक्सिन अपडेट

न्युयोर्कमा आजभरेसम्म फारम भरेर शेर्पा किदुगमा बुझाउनेलाई शनिबार र आईतबार खोप

न्युयोर्कमा आजभरेसम्म फारम भरेर शेर्पा किदुगमा बुझाउनेलाई शनिबार र आईतबार खोप प्रदान गरिने भएको छ । न्युयोर्क हेल्थ एण्ड हस्पीटलका कुनै पनि भ्याक्सिन लोकेशनमा खोप लगाउन सकिने शेर्पा किदुगले जनाएको छ ।

१८ बर्षमाथिका सबैले निशुल्क खोप लगाउन पाउने भएकाले बुधबार बेलुकासम्म नाम, इमेल ठेगाना, फोन नम्बर र फोटो आईडी शेर्पा किदुगको इमेल ठेगानामा पठाए पुग्ने जनाइएको छ । त्यसका लागि [email protected]  मा इमेल गर्न वा ७१८ ७७९ ७३०० मा फोन गर्न सकिनेछ । इमेल हेर्नका लागि ब्राउजरमा खोल्नुहोला ।

फुड वितरणमा संलग्न स्वयंसेवकहरुलाई एकैदिनमा खोप पाउन सकिने व्यवस्था गरिएको शेर्पा किदुगले जनाएको छ । खासगरी न्युयोर्कमा रहेका नेपालीहरुलाई लक्ष्यीत गरेर शेर्पा किदुगले सहजिकरण गरेको हो ।

मार्च ३० देखि न्युयोर्कमा ३० बर्षमाथिका सबै व्यक्ति कोरोनाबिरुद्धको भ्याक्सिनका लागि योग्य भइसकेका छन् भने न्युयोर्कमा अप्रिल ६ बाट १६ बर्षमाथिका सबै भ्याक्सिनका लागि योग्य हुने भएका छन् । यद्यपी भ्याक्सिनको अप्वाइन्टमेन्ट पाउन अझै पनि समस्या रहेको अवस्थामा शेर्पा किदुगले सहयोगी भूमिका खेलेको छ ।

राष्ट्रपति जो बाइडेनले मे १ बाट अमेरिकाभर सबै भ्याक्सिनका लागि योग्य हुने डेडलाइन तय गरेपनि त्यो भन्दा एकमहिना अगाडि नै सबै न्युयोर्कबासीहरु योग्य हुने भएका छन् । आगामी साताहरुमा अन्य राज्यहरुमा पनि भ्याक्सिनका लागि १६ बर्षमाथिका सबै व्यक्ति योग्य हुने भएका छन् ।

न्युयोर्क र न्युजर्सीमा कोरोना संक्रमणको दर बढ्दै गर्दा भ्याक्सिन वितरणपनि तीब्र पारिएको छ । राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सुरुको एकसय दिनमा २ सय मिलियनलाई भ्याक्सिन वितरण गर्ने नयाँ लक्ष्य तय गरेका छन् ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →