अमेरिकामा एसाइलम पाउने नेपाली १० हजार नाघे, अधिकांशको दावी माओवादी पीडित (एक्सक्लुसिभ)


प्रकाशित मिति : माघ ११, २०७७ आईतबार

❒  अमेरिकामा एसाइलम प्राप्त गर्ने नेपालीहरुको संख्या १० हजार नाघ्यो, अदालत र युएससीआईएसबाट एसाइलम स्वीकृत हुने कुल संख्या लगभग बराबर

❒ अहिलेसम्म अमेरिकामा अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरु ५ हजारको हाराहारीमा, आर्थिक बर्ष २०२० मा अमेरिकामा अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरु ३२२ 

❒ अहिलेसम्म युएससीआइएसबाटै एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या झण्डै पनि झण्डै ५ हजार नै, २०१९ मा भने जम्मा ३६ जना

❒ झण्डै ४ हजार नेपालीका एसाइलमका मुद्दाहरु अदालतमा पेन्डिङ, युएससीआईएसमा पेन्डिङ हुनेहरु पनि सयौं 

❒ सन् २००१ यता अदालतबाट नेपालीहरुका ६ हजार ९ सय ७८ केस फैसला, ४ हजार ८ सय ८३ जना कहिलेपनि जेलमा नपरेकाहरु, २ हजार ९५ जना नेपालीहरु जेलभित्रै रहेका वा जेलमा परेर रिहा भइसकेकाहरु

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

– किशोर पन्थी

अहिलेसम्म अमेरिकामा एसाइलम प्राप्त गर्ने नेपालीहरुको संख्या १० हजार नाघेको छ । यसमा उनीहरुका परिवारका सदस्यहरुको संख्या भने समावेश छैन ।

आर्थिक बर्ष २०२० मा अमेरिकामा अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरु ३२२ जना रहेका छन् । जुन गत आर्थिक बर्षको तुलनामा झण्डै आधा हो । गत आर्थिक बर्षमा अमेरिकाको अदालतबाट ६२७ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक रहेको छ ।

आर्थिक बर्ष २०२० मा अमेरिकाको अध्यागमन अदालतबाट एसाइलम अस्वीकृत भएका नेपालीहरु १२५ जना रहेका छन् । २ जनालाई भने अन्य प्रकारका अध्यागमन राहत स्वीकृत गरिएको थियो । कोरोनाको महामारीका कारण अध्यागमन अदालतमा सुनुवाईहरु स्थगित भएका कारण पनि नेपालीले एसाइलम पाउने संख्यामा भारी गिरावट आएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१० देखि सन् २०१९ सम्मको तथ्यांक हेर्दा अदालतबाट सबैभन्दा धेरै नेपालीको एसाइलम आर्थिक बर्ष २०१९ मा स्वीकृत भएको छ । सन् २०१८ मा ४६९, सन् २०१७ मा २९०, सन् २०१६ मा २६०, सन् २०१५ मा २५०, सन् २०१४ मा २८२, सन् २०१३ मा ३८५, सन् २०१२ मा ३७९, सन् २०११ मा ३१० र सन् २०१० मा २१७ जना नेपालीको एसाइलम अदालतबाट स्वीकृत भएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक रहेको छ ।

अहिलेसम्म अमेरिकामा अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरु ५ हजारको हाराहारीमा रहेका छन् । सन् २००१ देखि यतामात्र ४ हजार ९ सय ७६ नेपालीहरुको एसाएलम अदालतबाट स्वीकृत भएको छ । सन् २००१ मा अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या ३१ रहेको थियो ।
अमेरिका आएर एसाइलम आवेदन दिनेहरुमध्ये अधिकांशले माओवादीका कारण नेपालमा बस्न असुरक्षित भएको र फर्केर गएमा ज्यानको जोखिम हुने कारण पेश गरेका छन् । कतिपयले जातीय वा धार्मिक कारणले नेपालमा बस्न खतरा रहेको र फर्केर गएमा ज्यानको जोखिम रहेको कारण पेश गरेका छन् ।

अदालतबाट एसाइलम पाउनेहरु मेक्सिको हुँदै अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेका र विभिन्न भिसामा अमेरिका आएर एसाइलम दावी गर्दा युएससीआईएसबाट एसाइलम स्वीकृत नभई अदालतमा पठाइएकाहरु हुन् । एसाइलम आवेदन दिएर अदालतबाट अस्वीकृत हुने नेपालीहरु अहिलेसम्म झण्डै २ हजार रहेका छन् । सन् २००१ देखि अहिलेसम्म यो संख्या १९२९ रहेको छ । सन् २००१ मा २१ जना नेपालीहरुको एसाइलम अदालतबाट अस्वीकृत भएको थियो ।

सन् २००१ यता २० बर्षमा अदालतले नेपालीहरुका ६ हजार ९ सय ७८ केस फैसला गरेको छ । जसमध्ये ४ हजार ८ सय ८३ जना कहिलेपनि जेलमा नपरेकाहरु रहेका थिए भने २ हजार ९५ जना नेपालीहरु जेलभित्रै रहेका वा जेलमा परेर रिहा भइसकेकाहरु थिए ।

अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या उल्लेख्य रहेपनि पछिल्ला बर्षमा युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या भने निकै कम रहेको छ । आर्थिक बर्ष सन् २०२० मा यो संख्या ५० भन्दा पनि कम रहेको छ । आर्थिक बर्ष २०१९ मा जम्मा ३६ जना नेपालीहरुको एसाइलम युएससीआइएसबाट स्वीकृत भएको थियो ।

विगत १० बर्षमा झण्डै ३ हजार नेपालीको एसाइलम युएससीआईएसबाट नै स्वीकृत भइसकेको छ । जस अन्तरगत सन् २०१० मा ४०८, सन् २०११ मा ४१५, सन् २०१२ मा ५८०, सन् २०१३ मा ४७४, सन् २०१४ मा २६३, सन् २०१५ मा ३५५, सन् २०१६ मा २३५, सन् २०१७ मा १४७ र सन् २०१८ मा ९१ जना नेपालीहरुको एसाइलम युएससीआइएसबाट स्वीकृत भएको थियो ।

सन् २०१० अगाडि युएससीआइएसबाटै एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या झण्डै २ हजार रहेको थियो । सन् २००० देखि सन् २००९ सम्म १९८४ जना नेपालीहरुको एसाइलम युएससीआइएसबाटै स्वीकृत भएको थियो । जस अन्तरगत सन् २००० मा १८, सन् २००१ मा २१, सन् २००२ मा ६९, सन् २००३ मा १४२, सन् २००४ मा १६३, सन् २००५ मा २२८, सन् २००६ मा २११, सन् २००७ मा २८३, सन् २००८ मा ३४९ र सन् २००९ मा ५ सय जना नेपालीहरुको एसाइलम युएससीआइएसबाट स्वीकृत भएको छ ।

झण्डै ४ हजार नेपालीका एसाइलमका मुद्दाहरु अदालतमा पेन्डिङ रहेका छन् भने युएससीआईएसमा विगत ५ बर्षदेखि नै पेन्डिङ रहेका नेपालीहरुको आवेदनको संख्या पनि उल्लेख्य छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com