कांग्रेसद्धारा देशभरका वडाहरुमा विरोध प्रदर्शन, न्यायाधीशहरुलाई धर्म नछाड्न आग्रह


प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार

❒ कांग्रेसद्धारा देशभरका ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शन, बुटवलमा थापाको सम्बोधन

❒ अदालत र न्यायाधीशहरुलाई धर्म नछाड्न आग्रह

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार आज देशभरका वडाहरुमा विरोध प्रदर्शन तथा विरोध सभा गरेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेपछि आन्दोलनरत कांग्रेसले आज देशभरका ६ हजार ७४३ वडाहरूबाट विरोध प्रदर्शन गरेको हो ।

यसैबीच रुपन्देहीमा पनि विरोध प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले बुटवलमा गरेको विरोध सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले सम्बोधन गरे । सो अवसरमा थापाले अदालत र न्यायाधीशहरुलाई धर्म नछाड्न आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटन असवैंधानिक कदम रहेको र सम्पूर्ण विश्वास अदालतमै रहेको बताउँदै थापाले बन्द कोठाभित्रको खासखुस र बाहिरी हल्लाले अदालत र न्यायाधीशहरुलाई प्रभावित नहुन आग्रह गरे ।

‘ससंद विघटनको कदम असवैंधानिक छ, अनाधिकृत पनि र अलोकतान्त्रित पनि छ ।’ थापाले भने, ‘हाम्रो सम्पूर्ण विश्वास अदालतमा छ । अदालतका न्यायाधिसहरुले भनेको कुरा सुन्यौं । बाहिर के भई रहेको छ, त्यसले हामिलाई प्रभावित गर्दैन् । हामिपनि त्यही चाहान्छौं, बाहिर भईरहेको हल्लाले बेञ्चमा बसेका श्रीमान्हरुलाई प्रभावित नपारोस् । बन्द कोठा भित्रको खासखुसले पनि श्रीमानहरुलाई प्रभावित नपारोस् ।’

संसद विघटन गरेर संविधान र लोकतन्त्रमाथि प्रहार भएको भन्दै ओलीको कदम नसच्चिए आगामी दिन नेपाल र नेपालीका लागि कठिन हुने उनको दाबी छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com