कस्तो होला सन् २०२१ ?


प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार

कोरोना महामारीबाट गुज्रिदै सन् २०२० लाई विदाई गरिएसँगै सन् २०२१ कस्तो होला भन्ने कौतुहलता धेरैमा देखिएको छ । अधिकांशले नयाँ बर्षको स्वागत र शुभकामनाका क्रममा पनि सन् २०२१ सन् २०२० को जस्तो नहोस भन्ने अपेक्षा व्यक्त गरेका छन् ।

जनअपेक्षा र अवितव्य हुने हुने कुरा एउटा पाटो हो भने नियमित र संभावित अवस्था अर्को पाटो हो । धेरै कार्यक्रमहरुमा विद्युतीय माध्यमहरुको प्रयोगलाई प्राथमिकता दिइने भएको छ । केही अनुमान गर्न सकिने नियमित र संभावित घटनाहरुको यहाँ चर्चा गरिएको छ ।

अमेरिकी प्रशासनबाट ट्रम्पको विदाई र वाइडेनको प्रवेश :

सन् २०२१ सुरुको ठूलो घटनाको रुपमा अमेरिकी प्रशासनमा हुने परिवर्तनलाई लिन सकिन्छ । यही जनवरी २० तारिखमा अमेरिकी प्रशासनबाट राष्ट्रपति ट्रम्पको विदाइ हुने छ भने नव निर्वाचित राष्ट्रपति जो वाइडेनको प्रवेश हुनेछ । असामान्य र अस्वभाविक तरिकाले चलिरहेको अमेरिकी प्रशासन नयाँ नेतृत्व आएसँगै पूर्ववत अवस्थामा फर्किने प्रतिक्षा धेरैले गरेका छन् । यही जनवरी ६ तारिखमा अमेरिकी संसदमा ट्रम्पका समर्थकले गरेको हिंसात्मक प्रदर्शन अमेरिकी राजनीतिमा कालो धब्बाका रुपमा रहने भएको छ । नयाँ बर्षको पहिलो हप्ताबाटै नमिठो राजनीतिक तथा हिंसात्मक घटनाक्रम सुरुवात भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना न्युनिकरण हुने अपेक्षा :

सन् २०२० मा सवैभन्दा ठूलो समस्याको रुपमा रहेको कोरोना महामारी सन् २०२१ मा भने कम हुने अपेक्षा र प्रार्थना धेरैले गरेका छन् । सवै क्षेत्रलाई तहसनहस पारेको यो महामारी न्युनिकरणका लागि विभिन्न खोपहरु विकास हुने क्रम चलिरहेकोले यस बर्ष सवैलाई खोपको उपलब्धता हुने सुखद समाचारको प्रतिक्षा भइरहेको छ । कतिपय देशहरुमा अहिले लगाउन थालिएको खोप आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सिफारिस गरिएको खोप भएकाले सामान्य अवस्थामा पनि सवैले लगाउन मिल्ने खोप आउने विश्वास गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण पूर्ण रुपमा अन्त्य हुने नदेखिएकाले न्युनिकरणमा नै चित्त बुझाउन पाइने अपेक्षा गरिएको छ ।

पूर्व निर्धारित प्रतियोगिता तथा प्रदर्शनी हुने 

सन् २०२० मा हुने तय भएका धेरै खेलकुद प्रतियोगिताहरु कोरोना महामारीका कारण  भएनन । तर अहिले महामारी न्युनिकरण हुदै जाने संभावना देखिएकाले गत बर्ष हुन नसकेका खेलकुँद प्रतियोगिताहरु यस बर्ष हुने संभावना रहेको छ । कतिपय आयोजकहरुले गत बर्षको कार्यक्रमलाई यस बर्ष संचालन गर्ने गृहकार्य पनि गरिरहेका छन् । विषेश गरेर जापानमा हुने तय भएको गृष्मकालीन ओलम्पिक प्रतियोगिता कोरोनाकै कारण सरेकाले तयारी भने उनीहरुले जारी राखेका छन् । विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जुन ११ देखि जुलाई ११ मा आयोजना हुँदै छ । सन् २०२० बाट सरेको यो प्रतियोगिता युइएफए युरोपियन च्याम्पियनसिप सँगसँगै आयोजना हुनु फुटबल फ्यानका लागि खुसीको खबर हो । महिला युरोपियन च्याम्पियनसिप भने सन् २०२२ मा आयोजना गर्ने तय गरिएको छ । सन् २०२१ मा विभिन्न फिल्म फेस्टिभलहरुको पनि तयारी भइरहेको छ । ती फेस्टिभलहरुमा सयौँ फिल्मकर्मीहरु सहभागी हुनेछन् ।

विश्व नेताहरुको जमघट हुने :

विश्व नेताहरु सहभागी हुने धेरै कार्यक्रम पनि गत वर्ष स्थगित भए । ती कार्यक्रमहरु यस बर्ष हुने संभावना रहेको छ । संयुक्त राष्ट्रसंघको महासभा गत बर्ष भर्चुअल माध्यमबाट सञ्चालन गरिएपनि यस बर्ष नेताहरुको उपस्थितिमै हुने अपेक्षा गर्न सकिन्छ । सिंगापुरको डाभोसमा हुने विश्व आर्थिक सम्मेलन मे १३ देखि १६ सम्म हुने भएको छ । विश्वभरी महामारी फैलिएकाले मे १८ देखि १९ सम्म हुने विश्व स्वास्थ्य सम्मेलनलाई पनि महत्वका साथ हेरिएको छ । त्यस बाहेक जी ८, जी २० लगायतका धेरै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरु पनि यस बर्ष हुने देखिएको छ । धेरै सम्मेलन तथा कार्यक्रमहरु दिर्घकालिन महत्वका भएर पनि अघिल्लो बर्ष हुन नसकेकाले यस बर्ष गर्ने तयारीमा आयोजकहरु लागेका छन् ।

बेलायती प्रधानमन्त्री भारत आउने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन यस बर्ष भारत भ्रमणमा आउने तय भएको छ । जनवरी २६ तारिखमा मनाइने भारतको गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा उनको भ्रमण हुने भएको हो । भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारीहरुसँग व्यापार, सुरक्षा, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा पनि छलफल गर्ने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको सतबार्षिकी  

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुगेको छ । सतबार्षिकीलाई चिनियाँ कम्युनिष्ट पार्टीले भव्यरुपमा मनाउने र कोरोनापछिको प्रगति पनि विश्वलाई देखाउनेगरी अवसरको रुपमा १००औँ स्थापना दिवसलाई उपयोग गर्ने भएको छ । जुलाई १ मा स्थापना दिवसका अवसरमा गरिवी अन्त्यको घोषणा गर्ने तयारी पनि चीनले गरेको छ । तर कोरोनाका कारण लक्ष्य पूरा हुन बाधा पुगेको पनि हुनसक्छ । त्यो भने अझै स्पष्ट भइसकेको छैन ।

राजकुमारी डायनाको ६०औँ जन्मोत्सव 

बेलायती राजकुमारी डायनाको ६० औँ जन्मोत्सव यसै बर्ष मनाइने भएको छ । जन्मोत्सवालाई विषेश बनाउन उनका छोराहरू राजकुमार विलियम र ह्यारीले संयुक्त रुपमा आफ्नी आमाको सम्मानमा सालिक अनावरण गर्ने भएको छ । उनीहरु हुर्किएको सन्केन गार्डेनमा डायनाको सालिक बनाइएको छ । राजकुमार विलियम लन्डन र ह्यारी लसएन्जल्समा बस्ने गरेको भएपनि उनीहरु आमाको सालिक अनावरणका लागि सन्केन गार्डेनमा जाने विषयलाई पनि महत्वका साथ हेरिएको छ ।

माथी उल्लेखित बाहेक यसैबर्ष धेरै देशमा निर्वाचन हुदै नयाँ सरकार बन्ने भएका छन् भने दुई पक्षिय विवाद र शान्ति स्थापनाका प्रयासहरुले पनि निरन्तरता पाउने देखिएको छ । त्यस्तै हरेक बर्ष विभिन्न ठाउँमा हुने दुखद् ठूला घटनाहरुका बारेमा भने पुर्वानुमान गर्न नसकिएपनि त्यस्ता घटनाहरु नहोलान भन्न सकिदैन । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com