महामारीमा पनि चीनमा अधिक धनाढ्यले कमाए १.४ ट्रिलियन डलर


प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार

चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीमा मङ्गलबार उल्लेख गरिएको छ । उक्त रकम उनीहरूले बितेका पाँच बर्षमा गरेको मुनाफाभन्दा बढी हो ।

ई–कमर्स र भिडियो खेलहरूमा महामारीको समय व्यापक आकर्षण बढेको र यसका कारण चिनियाँ धनाढ्यलाई थप धन आर्जनको अवसर मिलेको उक्त अनुसन्धानले देखाएको छ ।

अगस्टसम्ममा विश्वको दोस्रो अर्थतन्त्र चीनमा अरबपतिहरूको समूहमा थप २५७ व्यक्ति सामेल भएका हुरुन रिपोर्टले देखाएको छ ।

उक्त अध्ययनले चीनमा हाल ८७८ व्यक्ति अतिधनाढ्य अर्बपतिको सूचीमा रहेका छन् । सन् २०२० को सुरु अर्थात् फेब्रुअरीमा अमेरिकामा ६२६ व्यक्ति अर्बपतिको सूचीमा सूचीकृत हुनुका साथै विश्वका धेरै धनी व्यक्तिहरूको समूहमा अमेरिका नै अग्रस्थानमा रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनमा यो वर्षको अगस्टसम्ममा दुई हजारभन्दा बढी अर्बपति थपिएका छन् । उनीहरूसँग दुई अर्ब चिनियाँ युआन अर्थात् ३० करोड अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । समग्रमा उनीहरूले चार ट्रिलियन अमेरिकी डलर मुनाफा कमाएका थिए ।

प्रसिद्ध चिनियाँ ई–कमर्स सेवा अलिबाबाका संस्थापक ज्याक माले यो वर्ष करिब ४५ प्रतिशत बढी सम्पत्ति आर्जन गरेका प्रक्षेपण गरिएको छ । यो अनलाइन व्यापार कम्पनीका मालिक ज्याकले यो वर्षमा अनलाइन व्यापारबाट मात्रै ५८.८ अर्ब सम्पत्ति जोडेका उल्लेख गरिएको छ ।

अनलाइन भिडियो खेलका मालिक पोनी मा तथा विच्याटका मालिक टेन्सेन्टलेले अमेरिकी प्रतिबन्धको चेतावनीका बीच पनि थप ५० प्रतिशत अर्थात् ५७.४ अर्ब अमेरिकी डलर आर्जन गर्दै ज्याक मालाई पछ्याएको सूचीमा उल्लेख गरिएको छ ।

चिनियाँ बोतलको ‘ब्रान्डेड पानी’ नोङ्फुका संस्थापक ६६ वर्षीय झोङ साङसानले ५३.७ अर्ब अमेरिकी डलर अर्थोपार्जन गरी चिनियाँ अतिधनाड्य सूचीमा तेस्रो स्थानमा पर्न सफल भएका छन् ।

“विश्वले यति धेरै सम्पत्ति केवल एक बर्षमा आर्जन गरेको देखेको छैन,” हुरुन रिपोर्टका प्रमुख अनुसन्धानकर्ता रुपर्ट हूगेवर्फले एक विज्ञप्तिमार्फत् उल्लेख गरे । यस बर्षको सूचीले चीन निर्माण र घर जग्गाजस्ता ‘परम्परागत क्षेत्रहरू’बाट नयाँ अर्थतन्त्रतर्फ गइरहेको देखिएको उनले बताए ।

खाद्य सामग्री वितरण सेवा मेतुआनका संस्थापक वाङ सिंगले आफ्नो सम्पत्ति चार गुणा बढाएर २५ अर्ब डलरको साथ सूचीमा ५२ औं स्थानबाट १३ औं स्थानमा पुगेका छन् भने अनलाइन शपिंग सञ्जाल जेडी डटकमका संस्थापक रिचार्ड लियुले आफ्नो पैसाको दोब्बर २३.५ अर्ब डलर कमाउन सफल भएको देखिन्छ ।

यसरी हेर्दा विश्व महामारीबाट आक्रान्त बनिरहेका समय पनि चिनियाँ ठूला व्यवसायीहरूले आफ्नो व्यवसायबाट व्यक्तिगत समृद्धिको यात्रामा निरन्तर लाभ लिएको देखिन्छ ।

माथि उल्लेखित कम्पनी तथा व्यवसायीबाहेक चीनमा खास गरी कोभिड–१९ विरुद्धको खोप उत्पादनमा काम गरिरहेका औषधि तथा चिकित्सकीय सामग्री उत्पादन कम्पनीहरूले पनि उल्लेख्य लाभ लिएको प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले संक्रमण नियन्त्रणमा रहेको देखिएपछि यसबर्ष अर्थव्यवस्था विस्तार हुने एक मात्र प्रमुख मुलुक चीन बन्ने बाटोमा रहेको बताएको छ । एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com