नेपाल मिडिया सोसाइटीद्धारा सञ्चारमन्त्रीलाई बधाई, कात्तिक ७ गतेदेखि क्लिन फिड लागू हुने


प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताएका छन् । उनले क्लिड फिड लगायत मिडिया क्षेत्रका समस्याहरुबारे सरकार गम्भिर रहेको बताउँदै पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने बताए ।

नेपाल मिडिया सोसाइटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले क्लिन फिड लगायत मिडिया सम्बन्धि विधेयक, विज्ञापन ऐन लगायत नियमनकारी सबैखाले नीति, विधान र कार्यविधिहरुलाई व्यवस्थित गर्दै लगिने बताए । उनले कोरोना महामारीले मिडिया क्षेत्रमा देखा परिरहेको समस्याहरुलाई सहकार्य र सम्झौतामार्फत सरकारले अघि बढाउँदै लैजाने बताए ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विज्ञापन ऐन २०७६ लागू भइसकेको अवस्थामा सञ्चार क्षेत्रका नीति तथा नियमहर कार्यान्वयनमा जोड दिइनुपर्ने बताए । उनले मिडियालाई सिक्ने र राष्ट्र विकासको लागि माध्यमको रुपमा विकास गर्दै लगिनुपर्ने धारणा व्यक्त गरे ।

मिडिया सोसाइटीका अध्यक्ष शुभ शंकर कंडेलले क्लिन फिड लागू गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको र मुलुकको सार्वभौमसत्ता, स्वाधिनता र स्वतन्त्रताको लागि थप मिडियामैत्री नीतिको आवश्यक रहेको विषयमा जोड दिए । उनले मन्त्रालय लगायत सम्बन्धित सबै पक्षले नीति, निर्माण एवम् संशोधन गर्दा सरोकारवाला पक्षहरुस“ग अनिवार्यरुपमा छलफल र सुुझाव लिइनुपर्ने बताउंदै सञ्चार क्षेत्रका समस्याहरुलाई सम्बोधन गरिनुपर्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विशेषगरी, सीमा क्षेत्रका नागरिकहरुसम्म नेपाली मिडियाहरु विस्तार गर्न किल्न फिड नीति आवश्यक रहेको उनको भनाई थियो । उनले कोरोना महामारीको समयमा पनि श्रमजीवी पत्रकारहरुको व्यवस्थापन र न्यूनतम पारिश्रमिक उपलब्ध गराउने विषयमा आफूहरु प्रतिवद्ध रहेको दाबी गरे।

सो अवसरमा सोसाइटीका पूर्वअध्यक्ष कैलाश सिरोहिया महासचिव मदन लम्साल, कोषाध्यक्ष निकिता पौडेल लगायतले नवनियुक्त मन्त्री गुरुङलाई बधाई एवम् सफलताको शुभकामना दिदै आगामी दिनमा मिडिया क्षेत्रको समस्याहरुलाई सम्बोधन गर्दै लैजान ध्यानाकर्षण गराएका थिए । मन्त्री गुरुङले गत असोज २९ गते सो मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

कात्तिक ७ गतेदेखि क्लिन फिड लागू हुने

सरकारले कात्तिक ७ गतेदेखि नेपालमा बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिने भएको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार कात्तिक ७ गतेदेखि नेपालमा (क्लिनफिड) लागू हुने मन्त्रालयले जानकारी गराएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत बुधबार कार्तिक ७ विदेशी च्यानलहरुलाई विज्ञापन रहित (क्लिनफिड) प्रसारण गर्न निर्देशन जारी थियो । क्लिनफिड प्रसारण नभएमा कानून बमोजिम कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com