टीपीएसवाहकबारे नीति निर्देशिका अपडेट, नाइन्थ र सिक्स्थ सर्किटमा मात्र ग्रिनकार्ड पाउनसक्ने


प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार

अमेरिकी सरकारको युएससीआईएसले टीपीएसवाहक र स्टाटस एड्जस्टको योग्यताबारे नीति निर्देशिकामा अपडेट गरेको छ । अपडेट गरिएको निर्देशिकामा टीपीएसवाहक अध्यागमन तथा राष्ट्रियता ऐन २४५ ए अनुशार स्टाटस एड्जस्ट गर्न योग्य भए नभएकोबारे स्पष्ट पारिएको छ । यो प्रावधान अनुशार स्टाटस एड्जस्ट गर्नका लागि अमेरिकामा कानुनी रुपमा प्रवेश गरेको वा कानुनी रुपमा अमेरिका प्रवेशको अनुमति दिइएको हुनुपर्छ ।

सामान्यतया अमेरिकामा कानुनी रुपमा प्रवेश गरेको वा कानुनी रुपमा अमेरिका प्रवेशको अनुमति दिइएको बाहेक गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेको व्यक्तिले टीपीएसवाहक भएपनि अमेरिकामा स्टाटस एड्जस्ट गर्न नपाउने नियम रहेको छ । तर अपडेट गरिएको निर्देशिकामा गैरकानुनी रुपमा प्रवेश गरेको भएपनि टीपीएसवाहकलाई नाइन्थ र सिक्स्थ सर्किटमा स्टाटस एड्जस्टका लागि छुट दिइने स्पष्ट पारिएको छ ।

त्यस्तै टीपीएसवाहक अमेरिकाबाहिर एड्भान्स परोलमा यात्रा गरेर फर्केपनि त्यसलाई नयाँ प्रवेश नमानिने तथा एड्भान्स परोलमा अमेरिका छाड्नु अगाडि जुन कानुनी हैसियतमा थियो, त्यही हैसियत नै कायम रहनेबारे पनि नीति निर्देशिकामा प्रष्ट पारिएको छ । टीपीएसवाहक एड्भान्स परोलमा अमेरिकाबाहिर यात्रा गरेर फर्कदैमा ग्रिनकार्ड पाउनका लागि योग्यतामा परिवर्तन नहुने स्पष्ट पारिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नाइन्थ र सिक्स्थ सर्किटका सन्दर्भमा भने गैरकानुनी रुपमा प्रवेश गरेको व्यक्तिले पनि स्टाटस एड्जस्ट गर्न पाउनेछन् तर युएससीआईएसले ग्रिनकार्ड आवेदनबारे निर्णय दिने बेलासम्म आवेदक टीपीएसमै रहेको हुनुपर्ने निर्देशिकामा प्रष्ट पारिएको छ । विगतमा टीपीएस भएका तर कुनै कारणले टीपीएसको हैसियत गुमाएका वा सरकारले उक्त देशका लागि टीपीएस अन्त्य गरेको अवस्थामा भने त्यस्ता व्यक्ति स्टाटस एड्जस्टका लागि योग्य नहुने जनाइएको छ ।

नाइन्थ र सिक्स्थ सर्किटबाहेकका अन्य क्षेत्रमा भने अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेका टीपीएसवाहकका ग्रिनकार्डका लागि योग्य नहुने जनाइएको छ । नाइन्थ र सिक्स्थ सर्किटका सन्दर्भमा पनि टीपीएसवाहकले स्टाटस एड्जस्ट गर्नका लागि भिसा नम्बर उपलब्ध हुनुपर्ने लगायतका अन्य योग्यताका मापदण्डहरु भने पूरा गर्नुपर्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com