‘नेपालका कम्युनिष्ट पार्टीका सदस्यलाई अमेरिकामा आफसेआफ रोक लगाइएको होइन’: दूतावास


प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार

अमेरिकी दूतावास काठमाडौंले अमेरिकी भिसाका सम्बन्धमा पछिल्ला दिनमा प्रकासित केही सूचनाहरु भ्रामक रहेको भन्दै त्यस सम्बन्धमा दूतावासको ध्यानाकर्षण भएको जनाएको छ। हालै युएससीआईएसले प्रकाशित गरेको पोलिसी अलर्टलाई आधार मानेर केही संचारमाध्यमले कम्युनिष्ट पार्टीका सदस्यहरुलाई अमेरिकामा प्रतिबन्ध लागेको समाचार प्रकाशित गरेका थिए ।

नीतिहरू वा दशकौं पुरानो कम्युनिष्ट पार्टी या निरंकुश राज्यहरूबाट अमेरिकामा आप्रवासन हुने प्रावधानहरूमा कुनै पनि परिवर्तन नगरिएको दूतावासले स्पष्ट पारेको छ । दूतावासले भनेको छ नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरूको अमेरिका आप्रवासनमा आफसेआफ रोक लगाउने भन्ने होइन किनभने अमेरिकी भिसासम्बन्धी निर्णय हरेक भिसा आवेदकहरूको आवेदनका आधारमा गरिन्छ।

कम्युनिष्ट वा निरंकुश पार्टीका कस्ता सदस्यलाई ग्रिनकार्ड रोक्ने र कस्तालाई दिनेबारे नयाँ निर्देशिका

अमेरिकी नागरिक तथा आप्रवासन सेवाले हालसालै प्रशासनिक निर्देशिका जारी गरेको र यो अमेरिकामै रहनुभएका आप्रवासीहरूको आवेदनमा काम गरेरहनुभएका युएससीआईएसका अधिकृतहरूको लागि भएको दूतावासले स्पष्ट पारेको छ । सन् १९५२ मा अमेरिकी संसदले आप्रवासन तथा नागरिकता ऐन पारित गरेको गरेर कुनै कम्युनिष्ट वा अधिनायकवादी पार्टीहरूसँगको संलग्नता अथवा सदस्यता भएका व्यक्तिहरूलाई अमेरिका आप्रवासनमा रोक लगाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दूतावासले सामाजिक सञ्जालमा भनेको छ – ‘यो कानूनमा धेरै अपवाद र छूटको व्यवस्था गरिएको छ, जसले अन्य तवरले योग्य पार्टी सदस्यहरूलाई अमेरिका आप्रवासनको अनुमति दिन्छ। साथै यस् कानून अस्थायी रूपमा वा गैरआप्रवासन प्रयोजनको लागि अमेरिका भ्रमण गर्न चाहनुहुने व्यक्तिहरूलाई कुनै असर गर्दैन।’

‘विचार या पृष्‍ठभूमिमा विविधता भएका आवेदकहरूलाई हामी सधैं स्वागत गर्दछौं। हामी नेपालको बहुदलीय लोकतन्त्रको सम्मान गर्दछौं तथा ७३ बर्षदेखि झैं निरन्तर रूपमा नेपालको निर्वाचित सरकार र यहाँका जनतासँग गर्दै आएझैं लोकतन्त्रको थप सुदृढिकरणका लागि काम गरीररहने प्रतिवद्धता पनि दोहोर्याउन चाहन्छौं।’ –  दूतावासले भनेको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com