किबी खेतीप्रति किसानको आकर्षण


प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार

पछिल्लो समय बागलुङ जिल्ला किबीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । बसाइँसराइ सराइका कारण बाँझो हुन थालेको जग्गामा राम्रो किबी उत्पादन थालेपछि पछिल्लो समय किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।

विस २०५८ मा पाँच वटा किबीका बोटबाट किबीखेती शुरु गरेका बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ५७ वर्षीय मेहरसिंह पाइजाको बारीमा अहिले ५०० किबीका बोट छन् । २५० बोटमा लटरम्म किबी फलेका छन् भने बाँकी बोटमा किबी फल्ने तयारीमा छ ।

बडिगाड गाउँपालिकाका अध्यक्षसमेत रहेका पाइजाले बागलुङमा पहिलो पटक किबीखेती भित्र्याएका हुन् । पाइजाले थालेका किबीखेती सफल भएपछि उनकै प्रेरणामा बागलुङका दुई दर्जनभन्दा बढी किसानले व्यावसायिक रुपमा किबीखेती गर्दै आएका छन् ।

पाइजा मात्रै होइन गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ स्थित लीला घर्ती, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का, हरि जिसी, बागलुङ नगरपालिका–९ तित्याङका हीरा केसी र प्रेम केसी ताराखोला गाउँपालिका–५ का नरबहादुर रानालगायतले व्यावसायिक किबीखेती गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाउँपालिका अध्यक्षसमेत रहेका मेयरसिंह पाइजाले राजनीतिसँगै कृषि कर्ममा लाग्दा उनकै प्रेरणाबाट गाउँपालिकामा व्यावसायिक किबीखेती समेत फस्टाउँदै आएको छ । समुद्री सहतदेखि दुई हजार ३०० फिट अग्लो स्थानमा ५० रोपनी जग्गामा किबीसहित, सुन्तला, ओखर, स्याउ, पाउलिनिया, एबोकार्डो, कागती, अनार र हलुवावेदलगायतका थुप्रै धेरै मूल्य पर्ने फलफूलको खेती गरेका छन् ।

“मलाई गाउँलेले शुरुमा बारीमा किबी लगाएको देखेर यस्तो लामो समय नफल्ने बोट लगाएर मकै, कोदो हुने बारी मास्यो, बौलायो पनि भने”, विगतका दिन स्मरण गर्दै उनले भने, “अहिले तिनै गाउँलेले कोदो, मकैको ठाउँमा किबीखेती गर्न थालेका छन् ।’’ गाउँलेहरुमा विस्तारै व्यावसायिक कृषिको सोच विकास भएको बताउँदै उनी भन्छन्, ‘‘विस्तारै कृषि पेशाप्रतिको सोच परिवर्तन हुँदै गएको छ, अहिले किबी खेतीप्रति दर्जनौँ किसानको आकर्षण रहेको छ ।’’

यस्तै गलकोटका किसान गुमानसिंह खत्रीले पाँच वर्ष अगाडि दुदिलाभाटीको १० रोपनी जग्गामा किबीखेती गर्दै आएका छन् । उनले लगाएको किबीले गत वर्षदेखि उत्पादन दिन थालेको छ । “पच्चीस वर्षदेखि व्यावसायिक कृषि उत्पादनमा लागे पनि किबीखेतीमा लागेको पाँच वर्ष भएको छ” खत्रीले भने “व्यावसायिक कुखुरापालन, तरकारीखेती गर्दागर्दै किबीखेती तर्फ आकर्षित भएको हुँ ।”

यस वर्ष रु चार लाखसम्म किबी बिक्रीबाटै आम्दानी गर्ने लक्ष्य राखेको छु । बागलुङ नगरपालिका–८ सिगानाका अगुवा किसान अनन्तबहादुर खड्काले छ वर्षदेखि व्यावसायिक किबीखेती गर्दै आएका छन् । खड्काले लगाएको किबीखेतीले गत वर्षदेखि उत्पादन दिन थालेको छ ।

गत वर्ष मात्रै “दुई क्विन्टल किबी बिक्री गरेको थिएँ, बगैँचा व्यवस्थापन नहुँदा भनेजस्तो उत्पादन भएन”, खड्काले भने, “अहिले बगैँचा व्यवस्थापन गरेको छु चार क्विन्टल किबी बिक्री गर्ने लक्ष्य राखेको छु ।” उनले एक केजी किबीलाई रु ४०० मा बिक्री गर्दै आएका थिए । उनले हाल दुई रोपनी जग्गामा व्यावसायिक किबीखेती र आठ रोपनी जग्गामा सुन्तलाखेती गर्दै आएका छन् ।

कृषि ज्ञान पर्वतका अनुसार बागलुङमा दुईवटा किबीका पकेट क्षेत्रका रुपमा रहेको उत्पादनसमेत भइरहेको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीमा दुदिलाभाटी किबी पकेट क्षेत्र र ताराखोला गाउँपालिका–५ मा जुल्फे किबी पकेट क्षेत्र रहेको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी र्दिए ।

उनका अनुसार पकेट क्षेत्रमा अनुदानग्राहीमार्फत किबीका बिरुवा, किबीको थाँक्रो, बारसहित क्षेत्रफल विस्तारमा सहयोग गर्दै आएको छ । बागलुङमा झण्डै ४० हेक्टर (८ हजार) जमीनमा व्यावसायिक किबीखेती गर्दै आइएको छ । यसमध्ये २० हेक्टर जमीनमा लगाइएको किबीले उत्पादन दिन थालेको छ । बागलुङमा उत्पादन भएको किबीले पोखरा बुटवल लगाएको बजार लिइरहेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com