विश्व पर्यटन दिवस : एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए…


प्रकाशित मिति : आश्विन ११, २०७७ आईतबार

आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको  भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम  हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन् । प्रविधिको प्रयोगमार्फत् हुने कार्यक्रमबाहेक बागलुङमा कुनै पनि कार्यक्रम भएनन् ।

पर्यटनका हिसाबले भरपुर सम्भावना बोकेको जिल्ला हो बागलुङ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० बाट आशा राखिएको थियो । महामारीले त्यसो हुन सकेन । विश्व पर्यटन दिवसका अवसरमा यहाँका पर्यटनसँग सम्बन्धित कोही कसैले औपचारिक कार्यक्रम गरेनन् । पत्रकारको साझा संस्था पत्रकार महासङ्घले भने प्रविधिकै प्रयोग गरेर भए पनि संसारलाई जोड्ने प्रयास गर्यो ।

महासङ्घको सभाहल । अग्रपङ्क्तिमा बसे प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सरकारी कार्यालयका प्रमुख । उनीहरु बाहेक पछिल्लो पङ्क्तिमा केही पत्रकार मात्रै । सामाजिक दूरी कायम गर्दै व्यवस्थापन गरिएको बसाइ । न कुनै औपचारिक भाषण न त आसन ग्रहणको व्यवस्था । पर्यटनमा कोरोना महामारीले पारेको प्रभाव र त्यसबाट उठ्नका लागि आफैले प्रयास गर्नुपर्छ भनेर महासङ्घले एउटै मञ्चमा एउटै व्यक्तिबाट ५० देशका राष्ट्रियगान गुञ्जियो ।

नेपाल चिनाउन विश्व यात्राको अभियान थालेका गायक रामजी नेपालीले ५० देशका राष्ट्रिय गान गाए। त्यहाँ गाइएका सबै गीतको सामाजिक सञ्जाल तथा स्थानीय सञ्चार माध्यममार्फत प्रत्यक्ष प्रसारण भैरहेको थियो । “हामीले नगरे कस्ले गर्छ, पत्रकारले सिर्जनात्मक सन्देश जाने काम पनि गर्नुपर्छ”, महासङ्घका अध्यक्ष दिल शिरीष भन्छन्, “ पर्यटन दिवसमा नयाँ ऊर्जा ल्याउनका लागि गरिएको प्रयास हो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभिन्न २५ देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्व यात्रामा निस्किएका  नेपालीले विश्व पर्यटन दिवसका अवसरमा ५० देशका राष्ट्रगान गाए । उनले गाउँदा हर्षित मुद्रामा सबैले प्रशंसा गरे ।नेपालीले ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’ को सन्देशसहित थालेको विश्व यात्रामा साथ दिन र पर्यटनमा ऊर्जा सिर्जना गर्न एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जाईएको महासङ्घका सचिव राम थापा ‘अविरल’ ले बताए ।

“यो अद्भूत क्षमताले हाम्रो पहिचान बनाउँछ, आजको प्रयासले हाम्रो समृद्धिमा सहयोग गर्छ”, बागलुङ नगर प्रमुख जनकराज पौडेलले भने, “प्रयास साना हुन्छन् तर त्यसको प्रभावको हामीले मूल्याङ्कन गर्न सक्नुपर्छ ।” झण्डै छ महिनाको अन्तरमा भएको एउटा उत्साहवद्र्धक औपचारिक कार्यक्रमले जिल्लाको पर्यटन क्षेत्रमा सहयोग गर्ने महासङ्घका पूर्वअध्यक्ष रामबहादुर जिसी बताउँछन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com