महामारी प्रभाव: गाडी चलायो यात्रु छैनन्, नचलाउँदा खिया लागेर ईन्जिन खराब !


प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार

– सुरज घिमिरे

विश्वव्यापी कोरोना महामारी तथा लकडाउनका कारण ६ महिनापछि यातायात सञ्चालनमा आएपनि यात्रु नपाएपछि व्यवसायीहरु चिन्तित बनेका छन् । कोरोना महामारी बीच सरकारले गत असोज १ गतेदेखि यातायात सञ्चालन गर्न अनुमति दिएपनि प्रदेश ५ को अस्थायी राजधानी समेत रहेको बुटवल बसपार्कमा भने यात्रुको चहलपहल छैन ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अनुसार अहिले दैनिक दर्जनौं बसहरु राजधानी तथा अन्य जिल्लाका लागि छुट्ने गरेका छन् । प्रालिका अध्यक्ष दधिराम खरेलले भने, ‘बस त सञ्चालन हुन्छन्, त्यो पनि आधा यात्रु बोकेर ।’ रुपन्देही भित्रै पनि छोटो दुरीमा चल्ने बस, माइक्रोहरुमा पनि यात्रु छैनन् । ‘लामो समय यत्तिकै थन्किएर खिया लागेका मोटर अझ बढी नबिग्रियोस् भनेर औपचारिकताका लागि मात्र चलाएजस्तै भएको छ ।’

उनी भन्छन्, ‘गाडी कुदेका छन तर चढ्ने यात्रु नै छैनन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खरेलका अनुसार अत्यावश्यक काम भएका केही यात्रु मात्रै चढ्ने गरेका छन् । मानिसहरू कोरोना त्रासका कारण पनि सार्वजनिक यातायात चढ्न हिच्किचाइरहेको उनको बुझाई छ ।

प्रालिको बस काउण्टरमा कार्यरत एक कर्मचारी नरबहादुर रजालीले अहिले राजधानीका लागि १८ वटा मात्रै बस छुट्ने गरेको बताए । उनले यात्रुको संख्या एकदमै न्यून भएकोले व्यवसायीहरु यात्रु बिना खाली गाडी चलाउन बाध्य भएको बताउँछन् । ‘चाडपर्व नजिकिँदै छ, गत वर्षहरुमा यतिबेला काउण्टरमा यात्रुको चापले सास फेर्न गाह्रो हुन्थ्यो ।’ उनले थपे, ‘त्यसमाथि झन यात्रुले टिकट बुकिङ गरिदिन भन्दै गर्ने फोेन उठाउने समय मिल्दैन्थ्यो, तर अहिले त्यस्तो केही छैन् ।’

अर्घाखाँचीबाट बुटवलसम्म चल्ने बसका गाडी धनी फर्सुराम बेल्बासेले यात्रुहरुको संख्या न्यून हुदाँ गाडी चलाउने कि राख्ने भन्नेमा दोधार भएको बताउँछन् । उनी भन्छन्, ‘गाडी चलायो यात्रु हुदैँनन्, नचालाई राख्यो झनै ईन्जिन खराब हुने हो कि भन्ने डर ।’ यात्रु संख्या न्यून त्यसैमा पनि आधा सिट मात्रै यात्रु बोक्नुपर्ने भएकाले आर्थिक नोक्सानी पनि भएको उनको गुनासो छ ।

यस्तै रुपन्देही जिल्लाभित्रै चल्ने बसहरुमा पनि यात्रुको संख्या न्यून रहेको व्यवसायीहरु बताउँछन् । लुम्बिनी मेट्रो सिटी प्रालिका सञ्चालक प्रकाश पूनले पनि गाडी सञ्चालन भएपनि यात्रु नहुँदा नोक्सानी व्यहोर्नु परेको गुनासो गर्छन् । उनी भन्छन्, ‘यात्रु कुरेर बस्छौं, छिटपुटबाहेक आउँदैनन् ।’
संक्रमणको अवस्थालाई मध्यनजर गरि लामो समय ग्यारेज र पार्किङ्गमै थन्किएपछि जिर्ण बनेका सवारी साधन मर्मत तथा सञ्चालन गर्दा यातायात व्यवसायलाई पुरानै अवस्थामा ल्याउनका लागि लामो समय र निरन्तर मिहिनेत गर्नुपर्ने अवस्था छ । सरकारले तोकेको स्वास्थ्य मापदण्डअनुसार गाडीका चालक, कन्डक्टर र सहयोगीले मास्क, फेस सिल्ड र ग्लब्स लगाएका छन् । बस र माइक्रो स्यानिटाइज्ड पनि गर्छन् ।

टेरी बोयन्टन । फाइल फोटो ।

पसल खुले, ग्राहक छैनन्

सरकारले लकडाउन हटाएसँगै पसल तथा व्यापार व्यवसायहरु सञ्चालनमा आएका छन् । व्यवसाय सञ्चालनमा आएपनि ग्राहकहरुको चहलपहल शुन्य जस्तै देखिन्छ । करिब ६ महिना ठप्प भएको व्यापार व्यवसाय सञ्चालनमा आएपनि कारोबार नहुँदा व्यवसायीहरु थप चिन्चित बनेका छन् । पसलमा भएका सामाग्रीहरु म्याद गुज्रिएर काम नलाग्ने अवस्थामा पुग्नुका साथै व्यापार व्यवसाय ठप्प भएपछि घर भाडासमेत तिर्न नसकेर विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

प्रदेश ५ को अस्थायी राजधानी तथा मुख्य शहर बुटवल । जहाँ, गत वर्ष यतिबेला दशैं बजार सुरु भइसकेको थियो । सहरका पसलहरुमा मानिसहरुको व्यापक चहलपहल हुन्थ्यो । व्यापारीहरुलाई भ्याईनभ्याई हुन्थ्यो । यस वर्ष भने विश्वव्यापी फैलिएको कोरोना महामारीले व्यापार व्यवसायहरु ठप्प देखिन्छन् भने मानविय चहलपहलमा समेत कमी आएको छ ।

ओरेन योम्तोभ । फाइल फोटो

महानचार्डपर्वहरु विजयादशमी तथा दिपावली नजिकिँदै छ । पोहोर यतीबेला यहाँका कपडाको थोक तथा खुद्रा व्यापारीलाई अर्डर लिन भ्याई–नभ्याई हुन्थ्यो तर, अहिले सामान पनि हालौं कि नहालौं भएको दोधार भएको व्यापारीहरु बताउँछन् ।

‘ग्राहक नपाएपछि पसल खोलेर बस्नु र बन्द गर्नुको कुनै अर्थ नभएको गुनासो आउने गरेको बताउँछन् रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी ।’ उनले व्यापार नभएका कारण धेरै व्यापारीलाई लगानीको ब्याज र घरभाडा तिर्नसमेत धौ–धौ भएको बताउँछन् ।

सटर उठाएर पसल कुर्दै गरेका बुटवल– ११ कालिकानगर अवस्थित गुल्मेली किराना पसलका सञ्चालक यमबहादुर बलालले गुनासो व्यक्त गर्दै भने –‘पसल खोल्नु र नखोल्नुमा कुनै फरक भएन, कोरोना त्रासका कारण ग्राहकहरु पसलमा आएका छैनन् ।’ बलालले भने ‘घरभाडा तिर्न पुग्नेसम्म पनि व्यापार भएको छैन, दैनिक गुजारा चलाउँनै गाह्रो हुने भयो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com