भारतले प्याज निर्यात रोकेपछि नेपालमा ह्वात्तै बढ्यो मूल्य


प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मृल्य ह्वात्तै बढेको छ । मूल्यवृद्धि उच्च भएकाले निर्यातमा रोक लगाइएको भारत सरकारले जनाएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले पनि भारतले प्याज निर्यात रोकेको बताएका छन् ।

भदौ २९ गतेदेखि प्याज नआएपछि प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजको मूल्य आज बढेर ७५ रुपैयाँ पुगेको छ । व्यापारीहरूले भारतबाट प्याज नआएपछि नेपालमा मूल्य बढेको बताउँछन् । प्याजको अभाव भएपछि स्टोर गरी राखिएको प्याज पनि व्यापारीहरूले महँगो मूल्यमा बेच्न थालेका छन् । यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com