१४६ ठूला पहिरो मानव नियन्त्रण बाहिर


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

ओखलढुङ्गाका २२ बस्ती पहिरोको जोखिममा रहेका छन् । जिल्लाका विभिन्न स्थानका २२ बस्ती पहिरोको उच्च जोखिममा तथा १४६ पहिरो मानव नियन्त्रणबाहिर रहेका हुन् ।सिद्धिचरण नगरपालिका-८, सल्लेरीमा १० वर्षपहिले सुरु भएको पहिरोले स्थानीय गोविन्दप्रसाद पौडेललाई विस्थापित गराइरहेको छ भने एउटा गाउँको बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ । उहाँको घरैसम्म डरलाग्दो पहिरो आइसकेको छ घरैसम्म पहिरो आएपछि दुई वर्षअघि केही माथि घर बनाएर बसेको भए पनि यहाँ पनि पहिरो आउँछ क भन्ने डरले रातभर निन्द्रा नआउने कतिबेला बगाउने हो भन्ने चिन्ताले सताउने गरेको पौडेलले बताउनुभयो ।

सल्लेरीमा उहाँको मात्रै होइन भीमबहादुर गुरुङ, रामबहादुर गुरुङलगायत ४० परिवार र एक विद्यालयसमेत तिलखोरिया पहिरोको जोखिममा छन् । स्थानीयको एक सय रोपनीभन्दा बढी खेतबारी पहिरोले बगाइसकेको छ । नियन्त्रणका लागि प्रयास भएपनि पहिरो डरलाग्दो भएकाले स्थानीयस्तरमा सम्भव नभएको वडा अध्यक्ष हेम तामाङले बताउनुभयो । पहिरोले ४० परिवार विस्थापित हुने अवस्थामा रहेको र पहिरोले विद्यालयको खेलमैदानसमेत बगाएको उहाँको भनाइ छ ।

त्यसै गरी मोलुङ गाउँपालिका-२, वरुणेश्वरस्थित डाँडागाउँमा पहिरोको चपेटामा स्थानीयको निद्रा नै नआउने गरेको बताउँछन् । डाडाँगाउँकी ६८ वर्षीय पुटी शेर्पा पनि वर्षामा रातभर निद्रा नआउने बताउनुहुन्छ । गाउँमै बाँस र खरको सानो झुप्रो बनाएर बसिरहनुभएकी उहाँ ८ वर्षअघि नै पहिरोले गर्दा घर जोखिममा परेपछि विस्थापित हुनुभएको थियो । ‘जाऊँ भने कता जाऊँ, जाने ठाउँ छैन,’ उहाँ भन्नुहुन्छ, ‘बसौँ भने पहिरोले बसी खान दिएन कसरी बाँच्नु ?’ निर्वाहमुखी खाद्यवाली र तरकारी लगाएर जीविका धान्ने जग्गासमेत पहिरोले बगाइदिएपछि शेर्पालगायत डाँडागाउँको शेर्पा बस्ती अहिले चिन्तित रहेका छन् ।

०५० सालभन्दा अघि लिपेखोलाको कटानका कारण चलेको डाँडागाउँको पहिरोले करिब तीन सय रोपनी जमिन बगाइसकेको छ । आधा दर्जनभन्दा बढी घर विस्थापित गराएको पहिरोका कारण सिङ्गो गाउँ नै धाँजा फाँटेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओखलढुङ्गा जिल्लालाई भूक्षयका दृष्टिकोणले प्रदेश १ कै सबैभन्दा संवेदनशील जिल्ला मानिएपनि ठूला पहिरो नियन्त्रणका लागि हालसम्म कतैबाट पहल हुन सकेको छैन । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कअनुसार ओखलढुङ्गाका २२ वटा बस्ती पहिरोको उच्च जोखिममा छन् । मध्यम जोखिममा १४ वटा र जोखिममा तीन वटा छन् । जिल्लाभित्र असङ्ख्य मात्रामा रहेका साना पहिरो नियन्त्रणको प्रयास भइरहे पनि मानव नियन्त्रण बाहिर रहेका ठूला पहिरोले दर्जनौँ बस्ती जोखिममा पारेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट विपद्को अवस्थाको आकलन गरेर उद्धार तथा राहतका लागि तयारी गरिएको र जिल्ला तथा स्थानीय तहबाट यस्ता पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने उहाँको भनाइ छ ।
पहिरोले गर्दा डाँडागाउँ र धनेपुका ५६ घर परिवार जोखिममा छन् । तत्कालीन जिल्ला भू-संरक्षण कार्यालय ओखलढुङ्गाले तयार गरेको अभिलेखअनुसार जिल्लाभित्र रहेका १४६ वटा ठूला पहिरो मानव नियन्त्रणबाहिर छन् ।

०७२ सालको भूकम्पपछि पहिरोको सङ्ख्या थपिएको छ । भूकम्पले मोलुङ गाउँपालिकाको हर्कपुर र प्राप्चा, लिखुको टारकेराबारी, गाम्नाङटार, खिजीदेम्वाको रगनीलगायत गाउँ पहिरोको चपेटामा परेका छन् । बस्तीभन्दा तल र माथिको भूभागमा पहिरो गएपछि ती स्थानका बस्ती स्थानान्तरणको काम सुरु गरिएको पुनः निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यन्वयन इकाइ ओखलढुङ्गाले जनाएको छ ।

हालसम्म पहिरोले विस्थापित भएका ८४ परिवारको स्थानान्तरण प्रक्रिया सकिएको छ । भूकम्पपछिको पहिरोले विस्थापित भएका बस्ती स्थानान्तरणको काम थालिए पनि अन्य क्षेत्रमा पहिरो रोकथाम र नियन्त्रणका काम हुन सकेकाे छैन। पहिरोबाट सिद्धिचरण नगरपालिका, वरुणेश्वर, माम्खा, मोली, बेतिनी, वाक्सा, च्यानाम, बलखु, हर्कपुरलगायत स्थानमा रहेका ठूला पहिरोले पाँच सयभन्दा बढी हेक्टर जमिन बगाइसकेको छ । गोरखापत्र

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com