ओलीले प्रचण्डलाई भने- ‘तपाईं र म मिलौं, भैंसी तान्दा जुम्राहरू आफैं तानिएर आउँछन्’


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको पछिल्लो छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबारे दुई तिखो टिप्पणी गरे।

पहिलो : तपाईं मेरो टिममा बस्ने कि माधव नेपालको टिममा, फैसला गर्नुहोस्।

दोस्रो : तपाईं र म मिलौं । भैंसी तान्दा जुम्राहरू आफैं तानिएर आउँछन्

वरिष्ठ नेता नेपालप्रति ओलीको आवेगात्मक असन्तुष्टि थियो यो। त्यसले नेकपामा ओलीको सम्बन्ध दाहालभन्दा नेपालसँग बढी तिक्ततापूर्ण देखाउँछ। ओली-नेपाल कटुता तत्कालीन एमालेको नवौं महाधिवेशनपछि उत्कर्षमा पुगेको हो। ओली र नेपाल २०७१ को नवौं महाधिवेशनमा छुट्टाछुट्टै प्यानल बनाएर भिडे। वामदेव गौतम खुलेरै ओलीका पक्षमा लागे। झलनाथ खनालले भने भित्रभित्रै नेपाललाई साथ दिए। महाधिवेशनको नतिजा ओलीले ४९ मतान्तरले आफ्नो पोल्टामा पारे। त्यसयता ओली-नेपाल सम्बन्ध सुमधुर बन्न सकेको छैन। त्यसअघि पनि यी दुई नेताबीच खटपट नभएको होइन। ६ वर्षयता भने यी दुई नेताको सम्बन्ध कहिले निकै पेचिलो अवस्थामा रह्यो त कहिले पानीको फोकामा परिणत हुँदै आयो। प्रधानमन्त्री ओलीले नेपालसँगको सम्बन्धलाई ‘पुरेत र जजमानको सम्बन्ध’का रूपमा अथ्र्याउने गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘पुरेत र जजमानको सम्बन्ध भनेको जजमानले जहिले पनि पुरेतलाई मानसम्मान, दानदक्षिणा दिन्छ। पुरेतले भने जजमानलाई कहिल्यै केही दिँदैन’, ओलीले भन्ने गरेका छन्, ‘मेरो र माधव नेपालको सम्बन्ध पुरेत र जजमानको जस्तो भयो। म जजमानजस्तो भएँ, उहाँचाहिँ पुरेतजस्तो हुनुभयो। मलाई उहाँले दिनुपर्छ भन्ने ठान्दिनँ। जुन दिन मान, सम्मान, सेवा नपुगेजस्तो हुन्छ त्यो दिन उहाँ आग्रह, रिसमा आइहाल्नुहुन्छ।’ ओली आफू पार्टी नेतृत्वमा आएदेखि नेपालले कहिल्यै साथ नदिएको महसुस गर्छन्। ओलीले संयमित भएर विधि र पद्धतिमा रही पार्टी चलाउनेभन्दा आफ्नो समूहको हित मात्र हेर्ने गरी काम गरेको भन्ने नेपाललाई लाग्छ। यही अविश्वास र असमझदारी बढ्दै जाँदा ओली-नेपाल सम्बन्ध दिनदिनै टाढिँदो छ।

एमाले-माओवादी एकतापछि नेकपामा त्रिपक्षीय शक्तिसंघर्ष छ। ओली, दाहाल र नेपालका आआफ्ना बलिया समूह छन्। दुई नेता मिल्दा अर्का किनारामा पर्छन्। अहिले ओली एकातिर र दाहाल-नेपाल अर्कोतिर देखिँदा पार्टी र सरकार सञ्चालनमा ओली अप्ठ्यारोमा परेका छन्। यही अप्ठ्यारो अवस्थामा ओलीले नेपालसँग सम्बन्ध बढाउन चाहे। तर, ओली र दाहाल मिल्दा आफूलाई पेलेको भन्दै ओलीभन्दा दाहालसँग नजिकिन पुगे नेपाल।

पातलो संवाद

प्रधानमन्त्री ओलीको अर्का अध्यक्ष दाहालसँग महिनामै झन्डै १५-२० पटक भेट हुन्छ। कहिले दाहाल ओली भेट्न बालुवाटार पुग्छन् त कहिले ओलीले नै बोलाएर छलफल गर्छन्। पछिल्लो पार्टी विवादमा पनि ओली र दाहालले १५ दिनमा झन्डै ११ पटक बालुवाटारमा घण्टौं छलफल गरेका छन्।

तर, नेपालसँग ओलीको यस्तो भेट ठप्पप्राय स् छ। नेपालनिकट एक स्थायी समिति सदस्य भन्छन्, ‘प्रधानमन्त्रीले एक त भेट्नै बोलाउनुहुन्न, उहाँ (माधव नेपाल) पनि नबोलाइकन किन जाने भन्नेमा हुनुहुन्छ। भेटघाट नगन्य अवस्थामै छ। औपचारिक पार्टी काम, मिटिङहरूबाहेक मुस्किलले वर्षमा ५ पटक भेट हुन पनि गाह्रो छ।’ ओली उपचारका लागि ५ भदौ २०७६ मा सिंगापुर जाँदै थिए। त्यही बिहान बालुवाटारमा नेकपा सचिवालय बैठक बस्यो। स्वास्थ्यलाभका विषयमा ओली र नेपालबीच चर्काचर्की पर्‍यो। ‘तपाईंले मेरो स्वास्थ्यबारेमा के सोच्नुहुन्छ रु तपाईंको चाहना मैले बुझेकै छु। कहाँकहाँ के भन्दै हिँड्नुभएको छ। लौ भैगो, तपाईंको शुभकामना चाहिएन मलाई’, उक्त दिनको चर्काचर्कीमा ओलीले नेपालको स्वास्थ्यलाभको शुभकामनासमेत लिन अस्वीकार गरे। त्यसयता दुई नेताको सम्बन्ध औपचारिकतामा मात्रै सीमित हुन थाल्यो।

पार्टी एकताका काममा प्रदेश पदाधिकारी चयन गर्दा असहमति राखेपछि नेपाललाई बालुवाटार बन्दजस्तै हुन पुग्यो। त्यसअघि नेपालले संसद्मा दिएको एउटा अभिव्यक्तिले पनि ओलीको मन कुँडिएको थियो। त्यसबेला ओली भर्खरै मात्र दोस्रो पटक सरकारको नेतृत्वमा आएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com