ग्रिनकार्ड लगायतका आवेदनमा युएससीआइएसका अधिकारीलाई तजविज अधिकार सुदृढ


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

ग्रिनकार्ड, वर्क परमिट लगायतका कैयन आवेदनमा युएससीआईएसका अधिकारीहरुलाई प्रदान गरिदै आएको तजविज अधिकार सहितको पुरानो नीति निर्देशिकालाई सुदृढ पारिएको युएससीआईएसले जनाएको छ । युएसीआईएसले आफ्नो नीति निर्देशिकामा तजविज अधिकार सम्बन्धि व्यवस्थालाई थप एकीकृत र सुदुढ बनाएर प्रकाशित गरेको छ ।

ग्रिनकार्ड र वर्क परमिट लगायतका आवेदनहरुमा आवेदकले आफ्नो योग्यता प्रमाणित गर्नुपर्ने अवस्था हुने भएकाले यदि आवेदकले विद्यमान कानुन अन्तरगत अस्वीकार्य (इनएड्मीसेवल) नभएको लगायतका योग्यताहरु पुरा गरेको खण्डमा र नकारात्मक तत्वको तुलनामा सकारात्मक तत्वहरु धेरै भएको खण्डमा अधिकारीले सकारात्मकरुपमा तजविज अधिकारको प्रयोग गर्नुपर्ने युएससीआईएसले स्पष्ट पारेको छ ।

नीति निर्देशिका विस्तारमा पढ्न यहाँ क्लीक गर्नुहोला ।

युएससीआईएसले अधिकारीहरुका लागि केस अनुशार तजविज अधिकार प्रयोग गर्दा ध्यान दिनुपर्ने तत्वहरुको सुची नै प्रकाशित गरेको छ । तजविज अधिकारको प्रयोग गरेर वर्क परमिट स्वीकृत गर्दा हरेक आवेदकको केसको तथ्य र अवस्थामा फरक हुने कुरालाई पनि नीति निर्देशिकामा व्याख्या गरिएको छ ।

कानुन व्यवसायी केशवराज सेडाई

युएससीआईएसका अधिकारीहरुलाई दिइएको यो तजविज अधिकारलाई अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी केशवराज सेडाईले अमेरिकी दूतावास वा कन्सुलेटमा गैर आप्रवासी भिसाका सन्दर्भमा कन्सुलेट अधिकारीलाई दिइएको तजविज अधिकारसँग तुलना गर्नुभएको छ । दूतावासमा भिसा जारी गर्दा कन्सुलेट अधिकारीलाई कैयन तजविज अधिकार दिइजस्तै युएससीआईएसका अधिकारीहरुलाई पनि ग्रिनकार्ड वा वर्क परमिट लगायतका कैयन आवेदनमा केहीहदसम्म तजविज अधिकार दिइएको सेडाईले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कहिलेकाँही ढिलो फाइल गरिएका भिसा थपका आवेदन वा सानातिना अपराध वा नकारात्मक तत्व भएका ग्रिनकार्डका आवेदन स्वीकृत गर्दा युएससीआईएसका अधिकारीहरुले तजविज अधिकार प्रयोग गर्ने गरेको सेडाईको भनाई छ । पब्लिक सुविधा लिएकाहरुको आवेदन स्वीकृत गर्नेदेखि मानवीय आधारमा आवेदन स्वीकृत गर्नेसम्मका तजविज अधिकार युएससीआईएसका अधिकारीहरुलाई हुने भएकाले त्यसलाई अझ व्यवस्थीत गरिएको उहाँले बताउनुभयो ।

आवेदनको समग्र अवस्था हेरेर केस अनुशार स्वीकृत गर्नसक्ने वा अस्वीकृत समेत गर्नसक्ने अधिकार हुने भएकाले यो नीति निर्देशिकाले तजबीज अधिकार प्रयोगका लागि युएससीआइएएसका अधिकारीहरुलाई प्रोत्साहन गरेको सेडाईले व्याख्या गर्नुभयो । तजविज अधिकारको प्रयोग गर्दा सधै आवेदनमा सकारात्मक परिणाममात्र आउने कुराको ग्यारेन्टी भने गर्न नसकिने उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com