कोरोना महामारीले विश्वव्यापी खाद्य संकट निम्ताउँदै, २५ करोडभन्दा धेरै मानिस भोकमरीको चपेटामा पर्ने आँकलन


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

आरिफ हुसैन/

कोरोनाभाइरसको महामारी र यसका क्रुर आर्थिक असरहरुले आगामी विश्वव्यापी अनिकाल निम्त्याउने तय छ । पछिल्ला चार वर्षमा द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक अस्थिरताले भोकमरीबाट ग्रस्त व्यक्तिको संख्या ८ करोडबाट १३ करोड ५० लाखसम्म पु-याएकोे थियो । महामारीले थप १३ करोडभन्दा बढी जनसंख्यालाई आगामी डिसेम्बरसम्म यस्तो अवस्थामा पु-याउनसक्छ । सन् २०२० मा समग्रमा २५ करोडभन्दा धेरै मानिस भोकमरीको चपेटामा हुनसक्छन् ।

बढ्दो भोकमरी

कोरोनाभाइरस महामारी र यससँगै आउने बेरोजगारी, घट्दो निर्यात र युद्धजस्ता पक्षले दशौँ लाख व्यक्तिलाई यसै वर्ष भोको बनाउनसक्छ । अनौपचारिक अर्थतन्त्रमा काम गर्ने कामदार र सेवा तथा उत्पादन क्षेत्रमा काम गर्नेहरु विशेषगरी जोखिममा छन् । लम्ब्याइएका लकडाउनका क्रममा धेरै अहिल्यै जागिर गुमाउने अनुभव गरिसकेका छन् – विश्वव्यापी श्रम शक्तिको ९४ प्रतिशत हिस्सा ती देशमा बस्छ, जहाँ कार्यस्थलहरु बन्द गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तर्राष्ट्रिय श्रम संगठनकाअनुसार अप्रिल, मे र जुनमा महामारीका कारण घटेको ‘वर्किङ आवर्स’ ३० करोड ५० लाख पूर्णकालिन जागिर बराबर हुनसक्छ ।

पहिल्यै जलवायु संकट र आर्थिक अस्थिरताको घेरामा परेका देशमा महामारीले भोकमरीलाई थप भयावह बनाउँदैछ । जिम्बाबेमा ३६ लाख जनताले डिसेम्बरमै भोकमरी सामना गरिरहेका थिए । हाम्रो तथ्याङअनुसार मार्चसम्म यो संख्या ८९ लाख पुगेको छ किनकी यहाँ अति खडेरी र आर्थिक संकट छ ।

बढी के छ, अमेरिका, रुस र गल्फ राष्ट्रजस्ता प्रमुख अर्थतन्त्रमा भएको अर्थतन्त्रको कमी र रोजगारी कटौतीले ठूलो रुपमा वैदेशिक रेमिट्यान्समा निर्भर धेरै देशका लागि गम्भीर छ, यसले ठूलो रुपमा उनीहरुको खाद्य सुरक्षालाई चुनौति दिएको छ ।

हैटीमा रेमिट्यान्सले (प्रमुख रुपमा अमेरिकाबाट आउने) सकल घरेलु उत्पादनको झन्डै ३७ प्रतिशत हिस्सा ओगट्छ । नेपालमा जिडिपीको २७ प्रतिशत हिस्सा रेमिट्यान्सले ओगट्छ, कूल रेमिट्यान्सको ६७ प्रतिशत गल्फ देशमा काम गर्ने आप्रवासी कामदारबाट आउँछ । र, ताजकिस्तान, रेमिट्यान्स जिडिपीको २८ प्रतिशत छ, त्यहाँ ७६ प्रतिशत रेमिट्यान्स रुसमा काम गर्ने कामदरबाट आउँछ ।

विश्व बैंकका अनुसार जब आयोजक देशको अर्थतन्त्र प्रभावित हुन्छ, तब यस वर्ष कम तथा मध्यम आय भएका देशमा जाने रेमिट्यान्स १९ दशमलव ७ प्रतिशत सम्मले खस्कनसक्छ ।

यो केवल रेमिट्यान्सको कुरा होइन । महामारीको प्रभावस्वरुप क्रुड तेलको निर्यातमा निर्भर भेनेजुयला, एंगोला र नाइजेरियाजस्ता देशले पनि खराब विश्वव्यापी भोकमरी व्यहोर्नेछन् । तेलको मुल्य अप्रिलको तेस्रो साता खस्कियो, जब बजारले महामारीका घटनाक्रमले निम्त्याएको आर्थिक कठोरता महसुस ग-यो ।

भाइरसले प्रमुख यातायातलाई स्थगित गरेको छ र हवाई उद्योगलाई ग्राउन्डेड गरेको छ, जो क्रुड तेलको मुख्य उपभोक्ता हो । र, अपेक्षित विश्वव्यापी मन्दीले औद्योगिक क्षेत्रलाई थप सानो बनाउनेछ, जो तेलको अर्को ठूलो प्रयोगकर्ता हो, माग थप कटौती हुनेछ ।

भेनेजुयलाले निर्यात गर्ने वस्तुमध्ये क्रुड तेलको हिस्सा ८४ प्रतिशत छ, एंगोलामा यसको हिस्सा ९६ प्रतिशत र नाइजेरियामा ९४ प्रतिशत छ ।

तेलमा निर्भरताका कारण मूल्य घट्दा उनीहरुको पूर्वाधार, स्वास्थ सेवा र आयमा लगानी कम हुनेछ र परिस्थितीले भोकमरी बढाउनेछ ।

निर्यात राजश्व र देशमा भित्रने रेमिट्यान्स घट्दा इथिपोपिया, लेबनान, मलावी र सोलोमन आइल्यान्डस्जस्ता खाद्यान्न आयात गर्ने देशमा ठूलो चुनौती सिर्जना हुनेछ, यसले उनीहरुलाई आयातको बिल तिर्न मुस्लिक पर्नेछ, ठूलो रुपमा मुद्राको भाउ घट्ने र मुल्यवृद्धी हुने खतरा रहन्छ ।

महामारीले खाद्य आपुर्ति चक्रमा अवरोध पु-याएसँगै युद्ध क्षेत्रमा थुनिएका व्यक्तिहरु, जो झन्डै पुरापुर रुपमा मानवीय सहायताको भरमा बसेका छन्, उनीहरु भयावह अवस्थामा पुग्नेछन् । सन् २०१९ को अन्त्यमा सिरियामा झन्डै ६६ लाख मानिसहरु अति भोकमरीमा बाँचिरहेका थिए, हाम्रो तथ्याङ्कअनुसार थप २७ लाख जनता यस वर्षको पहिलो तीन महिनामा ती मानिसहरुकै अवस्थामा पुगेका छन् ।

घट्दो बजारमा इन्धन निर्यातमा निर्भरता

एंगोला र दक्षिण सुडानजस्ता देश पनि इन्धन निर्यातमा निर्भर छन्, यहाँ ठूलो हिस्सा भोकमरीमा छ । इन्धनको बजार घटेसँगै उनीहरुको अर्थतन्त्र पनि जोखिममा पर्नसक्छ । र, यहाँ युद्ध चलिरहेको छ ।

महामारीले खाद्य आपुर्ति चक्रमा अवरोध पु-याएसँगै युद्ध क्षेत्रमा थुनिएका व्यक्तिहरु, जो झन्डै पुरापुर रुपमा मानवीय सहायताको भरमा बसेका छन्, उनीहरु भयावह अवस्थामा पुग्नेछन् । सन् २०१९ को अन्त्यमा सिरियामा झन्डै ६६ लाख मानिसहरु अति भोकमरीमा बाँचिरहेका थिए, हाम्रो तथ्याङ्कअनुसार थप २७ लाख जनता यस वर्षको पहिलो तीन महिनामा ती मानिसहरुकै अवस्थामा पुगेका छन् ।

यसको अर्थ ९३ लाख सिरियालीहरु खाद्यान्नको उच्च मुल्य, बेरोजगारी र ध्वस्त स्वास्थ प्रणालीसँग संघर्ष गरिरहेका छन् । मंगलबार सिरियाली पाउन्डको मुल्य किर्तिमानी रुपमा कम भएर कालोबजारमा १ डलर बराबर ३ हजार थियो ।

झन्डै ३२ प्रतिशत सिरियालीहरुले कम खाना खान्छन् वा छाक छल्छन् । हाम्रो अनुमानले यो संकेत गर्छ कि युद्ध र महामारीको प्रभावका कारण सिरियाको थप ५ लाख जनसंख्या वर्षको अन्त्यसम्म भोकमारीमा जान बाध्य हुनेछ ।

पहिल्यै जलवायु संकट र आर्थिक अस्थिरताको घेरामा परेका देशमा महामारीले भोकमरीलाई थप भयावह बनाउँदैछ । जिम्बाबेमा ३६ लाख जनताले डिसेम्बरमै भोकमरी सामना गरिरहेका थिए । हाम्रो तथ्याङअनुसार मार्चसम्म यो संख्या ८९ लाख पुगेको छ किनकी यहाँ अति खडेरी र आर्थिक संकट छ । भाइरसविरुद्ध लड्न लागु गरिएको लकडाउनले अन्यत्रझैं जिम्बाबेमा पनि अनौपचारिक क्षेत्रलाई थला पारिदिएको छ । डिसेम्बरमा ११ प्रतिशत रहेको आधिकारीक बेरोजगारी दर लकडाउनपछि आश्चर्यजनक रुपमा वृद्धि भएर ९० प्रतिशतमा पुगेको छ ।

मध्य मेसम्म झन्डै ५६ लाख जिम्बेबाका जनताहरु आफ्नो खाना कम गर्न वा छाक छल्न संघर्षरत थिए । र, बेरोजगारीका कारण क्रय शक्तिको कमी र घट्दो रेमिट्यान्सका कारण कम्तिमा थप ८ लाखजना वर्षको अन्त्यमा खाद्य असुरक्षित हुनेछन् ।

खाद्य आयातमा भर पर्दा जोखिम

खाद्यान्न आयातमा उच्च रुपमा निर्भर अफगानिस्तान र हैटीजस्ता देशमा भोकमरीको अनुभव गर्ने व्यक्तिहरुको संख्या पनि उच्च नै छ । इतिहासदेखि नै जब मानिसले युद्ध, प्राकृतिक विपद् र थाम्न नसकिने भोकमरी भोगेका छन्, उनीहरुले सुरक्षा, खाद्यान्न र अवसर फेला पार्ने आशमा बसाई–सराई गरेका छन् । यो आजको यर्थाथ हो ।

त्यहाँ उच्च सम्भावना छ कि हामीले चाँडै शरणार्थीको लहर देख्नेछौं, जो कोरोना भाइरसको आर्थिक असरले बाध्य भएपछि देश छाड्ने र अमेरिका वा युरोप पुग्ने प्रयासमा हुनेछन् । युरोपमा सिरियाली शरणार्थी र अमेरिकाको सीमामा सेन्ट्रल अमेरिकी शरणार्थी मानिसहरुले आफ्नो घरमा केही बाँकी नरहेपछि स्तरीय जीवनका आशामा कठिन यात्रा गर्नेछन् भन्ने ताजा उदाहरण हुन् । भोकमरी एक प्रतिशतले बढ्दा शरणार्थीको बहाव १ दशमलव ९ प्रतिशतले बढ्छ भनेर विश्व खाद्य कार्यक्रमको विश्लेषणले देखाउँछ ।
जब भोकमरी झन्डै ५० प्रतिशतले बढ्ने तय छ, तब विश्वव्यापी बसाई–सराईको परिमाण बिरलै अन्दाज गर्न सकिन्छ । संकट खाद्यान्न उपलब्धताबारे होइन, यो खाद्यान्नमा भौतिक र आर्थिक पहुँचबारे हो । महामारीले दुबैलाई खराब गरिदिएको छ, व्यापारिक परिवाहनलाई धेरै खाले दबाबअन्तर्गत राखेको छ र क्रय शक्ति घटाएको छ । अब सरकारले सुनिश्चित गर्न जरुरी छ कि खाद्यान्नको उत्पादन र आपुर्ति अवरुद्ध छैन ।
यदी किसानले रोप्न वा हुर्काउन सक्दैन, यदी बिऊ र मल उपलब्ध छैन, यदी कृषी उत्पादन बजारमा पुग्न सक्दैन, यसले गम्भीर खाद्य संकट निम्त्याउँछ ।
जीवन बचाउन र जीविका रक्षा गर्नका लागि विश्वव्यापी सामुहिक कदममार्फत हामीले आगामी भोकमरी संकटलाई खराब हुनबाट जोगाउन सक्छौँ । द्वन्द्वको राजनीतिक समाधान, जलवायुलाई जमिनमा अपनाउने र आर्थिक असमानता हटाउने कामले उदार समुदाय र राष्ट्रको निर्माणका लागि एक लामो बाटो तय गर्नेछ ।
(आरिफ हुसैन संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान, मुल्याङकन र नियगमन निर्देशक हुन् । )( द न्युर्योक टाइम्सबाट)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com