नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रौतहट जिल्लाको परूवा नगरपालिका-७ का ३६ वर्षिय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनको आज दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको जनाइएको छ । उनी आफ्ना दाजुको अन्तिम संस्कारका लागि भारतको बैंग्लोर गएका र असार २४ गते नेपाल फर्किएका थिए । उनी नेपाल फर्किएसँगै रौतहटको परूवा नगरपालिकामा स्थापना गरिएको एक क्‍वारेन्टिनमा बसेका थिए ।

उनलाई रुघाखोकी र ज्वरोको समस्या भएपछि असार २९ गते नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनको सोही दिन नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । उनलाई स्वास्थ्यमा धेरै समस्या भएपछि आज बिहान भेन्टिलेटरमा सारिएको थियो । उनको पीसीआरको रिपोर्ट बुधबार नै पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com