दीपाश्रीलाई क्षमा दिन राजेश हमालको आग्रह


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

महानायक को हो ? भन्ने प्रकरणले विवादमा तानिएकी कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन महानायक राजेश हमालले सबैसँग आग्रह गरेका छन् । दिपाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै ‘हमालको महानायक’ माथि प्रश्न गरेपछि उनकाे चौतर्फी आलोचना हुँदै आएकाे छ । दर्शकहरु दीपाश्रीमाथि खनिएपछि फेसबुक लाइभ आएर हमालले सम्बन्धित व्यक्तिलाई माफी दिन दर्शकहरुलाई आग्रह गरेका हुन् ।

मंगलबार मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेको भन्दै दु:ख व्यक्त गरेका छन् । सार्वजनिक भिडियाेमा उनले भनेका छन्- ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला, यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’

उनले आफू आबद्व कला तथा सिने क्षेत्रमा भएको वादविवाद, आरोप-प्रत्यारोपप्रति उनले दु:ख व्यक्त गरे । मलाई लक्षित गरेर कसैले आफ्नो भनाई राख्नुभयो । भनाई सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आएका छन् । तर, अर्को तहबाट हेर्दा, हामीले हेर्यौ भने के एउटा व्यक्तिले पेशागत हिसाबले होस् या कुनै विशेष रुचीले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्ति सार्वजनिक स्थलमा राख्नुहुन्छ भने एक्कासी झट्ट प्रतिक्रिया दिदा सम्बन्धित व्यक्तिको मानवतामा आँच आउने, आघात पुग्ने र चोट लाग्ने कार्य गर्नु सहि होला र ?’

मानवताको लागि कसैको मानवताको आँच पुग्ने गरि अभिव्यक्ति प्रकट नगर्न पनि उनले आग्रह गरे । उनले भने, ‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हमालले व्यक्तिगत हिसाबले आफू सहिष्णुता भएको र जनताको मायाले नै आफूलाई यो प्राप्त भएको बताएका छन् । उनले भने–‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौ ।’ हमालले दिपाश्रीकाे नाम नलिए पनि दिपाश्रीलाई नै इंगित ‘मेरा सहकर्मी’ भनेका छन् । हमालले अन्तिममा ‘सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला’ भनेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com