विपत्तिविरुद्ध लड्न सात निकाय सक्रिय


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि केन्द्र तहदेखि स्थानीय तहसम्म सातवटा निकाय सक्रिय छन् । ती निकायहरूबीच आवश्यक समन्वय र सहकार्यले विपद्सित लड्ने ऊर्जा प्राप्त गर्न सक्ने भए पनि प्रभावकारी समन्वय भने देखिन सकेको छैन ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी र मनसुन सक्रिय भएसँंगै बाढी, पहिरो, डुबान लगायत विभिन्न विपद् घटनाका कारण जनधनको क्षति हुने क्रम जारी छ । तर आवश्यक सुरक्षा सतर्कता, उद्धार, उपचार, राहत वितरण र पुनस्र्थापना कार्यले अपेक्षित गति लिन सकेको छैन । प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् र गृहमन्त्रीको अध्यक्षतामा कार्यकारी समिति रहेको छ । समितिमा दुईजना मन्त्रीसहित विभिन्न मन्त्रालयका सचिवहरू, सेना, प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस लगायत प्रतिनिधि सदस्य छन् । कार्यकारी समितिअन्तर्गत गृह मन्त्रालय मातहत रहने गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरिएको छ । सो प्राधिकरणले प्रदेश, जिल्ला र स्थानीय तहसँग विपद् व्यवस्थापनमा समन्वय, सहकार्य र सहजीकरण गर्ने छ ।

त्यस्तै प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद्, प्रदेश गृहमन्त्रीको अध्यक्षतामा प्रदेश कार्यकारी समिति, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति, गाउँपालिका र नगरपालिका स्तरीय स्थानीय तह व्यवस्थापन समिति रहेका छन् ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल प्रदेश, जिल्ला तथा स्थानीय तहका समितिसंँग प्राधिकरणले समन्वय, सहकार्य र सहजीकरण गर्दै आएको बताउनुभयो । विपद् व्यवस्थापनका लागि यो संयन्त्र बलियो भए पनि प्रभावकारी हुन नसकेको उहाँ स्वीकार गर्नुहुन्छ ।

विगतमा गृह मन्त्रालयले सञ्चालन गर्दै आएका विपद् न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कामकारबाही प्राधिकरणले सञ्चालन गर्दै आएको छ, प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार प्राधिकरणको गठन र विपद् एकैसाथ आइलागेका कारण छिटो काम हुन नसकेको हो । प्राधिकरणको कार्यालय नै अव्यवस्थित गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावितको उद्धार, उपचार, राहत वितरण र पुनस्र्थापना कार्यमा अपेक्षाअनुरूप कामको गति बढाउन सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन ७४ अनुसार प्राधिकरण गठन गरिएको हो । प्राधिकरणका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भए पनि आवश्यक जनशक्ति तथा भौतिक संरचना निर्माण हुन नसक्दा द्रूत गतिमा कार्य सञ्चालन गर्न नसकिएको हो । प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलको सचिवालय बबरमहलस्थित भाडाको सरकारी भवनमा छ भने अन्य विपद्सम्बन्धी काम कारबाही तथा गतिविधि सिंहदरबारस्थित गृह मन्त्रालयबाट हुने गरेको छ ।

मनसुन सक्रिय भएसंँगै मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र डुबान लगायत विभिन्न विपद् घटनाका सम्बन्धमा सम्बन्धित निकायहरूसंँग आवश्यक समन्वय तथा सहजीकरण गर्दै आए पनि अपेक्षा अनुरूप सफलता नमिलेको प्राधिकरणका पदाधिकारी बताउँछन् । प्राधिकरणअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका उपसचिव मुरारी वस्ती प्राधिकरण गठन र कोरोना भाइरस (कोभिड–१९) महामारी विपद् एकै पटक आइलागेकाले बाढी, पहिरो र डुबान लगायतका विपद् व्यवस्थापनमा अपेक्षाअनुरूप काम गर्न नसकेको बताउनुहुन्छ ।

‘प्राधिकरणले विपद् न्यूनीकरणका लागि जनचेतना जगाउनेदेखि आवश्यक व्यवस्थापन, जनशक्ति परिचालन, कानुन कार्यान्वयन, समन्वय र सहजीकरण गर्ने हो,’ उहाँले भन्नुभयो, प्राधिकरण आफै चुस्त अवस्थामा छैन, त्यही भएर अपेक्षा अनुरूप काम हुन सकेको छैन । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले प्राधिकरणलाई विभिन्न मन्त्रालय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहसम्म समन्वय र सहकार्यको पूर्ण अधिकार प्रदान गरेको छ । विपद् जोखिम न्यूनीकरणभन्दा पनि विपद् व्यवस्थापन र राहत वितरण कार्यमा विशेष जोड दिएको छ । प्राधिकरणले केन्द्रीय (सङ्घीय) सरकारबाट एक लाख, प्रदेश सरकारबाट ५० हजार, स्थानीय तहबाट गरी कम्तीमा तीन लाख रुपियाँसम्म राहतको व्यवस्था गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com