जुम्ला पुग्यो सलहको ठूलै झुण्ड


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो । पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलहको झुण्डह प्रवेश गरेको भेटिएको स्थानीय बताउँछन् ।

त्यहाँको पेरे र तल्फी गाउँको बीचमा रहेको मकै वारीमा सलह कीरा भेटिएको गाउँपालिकाको कृषि शाखा संयोजक रुपक बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार किसानले खबर गरेपछि फिल्डमा अध्ययन गरेर फर्किएका उहाँले जानकारी दिनुभयो ।

सुरुसुरुमा छिटफुट रुपमा देखिएपनि अहिले ठूलो झुण्डमा देखिन थालेका स्थानीय बताउँछन् । आलु र मकै बारीमा प्रवेश गरेर ठूलो नोक्सान गरेको किसानको गुनासो छ । सलह भगाउन बाजा बजाउने, मान्छे कराउने गरेका छौं तर भागेका छैनन् स्थानीय गोरबहादुर रावतले जानकारी दिनुभयो ।

यता पातारासी गाउँपालिकामा सलहको झुण्ड प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको छ । पातारासी गाउँपालिका प्रमुख टेकबहादुर बुढ्थापाले प्रतिवेदन आउदैछ । अव सलह भगाउन के गर्नुपर्ला भन्ने बिषयमा आकस्मिक वैठकको तयारी भईरहेको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किसानले ठूलो आवाज निकाल्ने, धुँवा जस्ता विधिबाट सलहलाई तितरबितर पार्ने प्रयास भइरहेको छ । सानो क्षेत्रमा गरिएको खेतीमा झुल वा जालीले छोपेर बालीनाली बचाउने, एसडि प्रयोग गर्ने, लसुन पानी उमालेर छर्ने र जैविक विषादीको प्रयोग गरी सलहको नियन्तत्रण गर्न सकिने कृषि विकास शाखा कार्यालय पातारासीले जानकारी दिएको छ ।

ठूलो मात्रामा सलह प्रवेश गरेकोले जुम्लाको स्याउ, मकै, उवा गहुँ लगायतका रैथाने बालीमा क्षति पुग्ने डर भएको छ । सलहले मकैबाली सखाप पार्न थालेपछि भोकमरी हुन सक्ने भन्दै किसान आत्तिन थालेका छन् । यो फट्याङ्ग्रा जस्तो हुदो रहेछ प्रत्यक्ष तल्फि र पेरेमा आएको कृषि शाखा प्रमुख बुढाले बताउनुभयो ।

जानकारहरुका अनुसार सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १ सय ५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति र्पुयाउन सक्ने विज्ञहरु बताउदै आएका छन् । स्याउ सुपरजोन कार्यालयका प्रमुख नवराज भण्डारीले यसले नेपालमा खास क्षेति पुरयाएको देखिदैन । तर सलह हो वा के हेर्न फिल्डमा गएर मात्रै थाहाँ हुने उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com