मुलुककै पहिलो पाठशाला भूकम्प गएको दुई वर्षपछि पनि टहरामै पठनपाठन


प्रकाशित मिति : बैशाख ४, २०७४ सोमबार

विनाशकारी भूकम्पले क्षति पुर्याएका राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्र आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् । भूकम्पले विद्यालय रहेको भवन भत्किएपछि नयाँ भवन निर्माण हुन नसक्दा मुलुककै पहिलो पाठशालाका रुपमा स्थापित दरबार हाइस्कुल भानु माविका विद्यार्थी यतिबेला टहरामा बसेर पढ्न बाध्य छन् ।

भूकम्पले भवन भत्काएको दुई वर्ष बितिसक्यो तर नयाँ भवन निर्माण गर्ने अझै सुरसार छैन । शिक्षा मन्त्रालयका अनुसार भूकम्पबाट उपत्यकाका पाँच सय सामुदायिक विद्यालयमा क्षति पुगेको थियो । उपत्यकाभित्र ६२५ सामुदायिक विद्यालय रहेका छन् ।

मल्लकालीन रानीपोखरीको पश्चिमपट्टि अवस्थित दरबार हाइस्कुलका नर्सरीदेखि कक्षा १० सम्मका करिब १८० विद्यार्थी टहरामै बढ्दै आएका छन् । सो विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले भूकम्प भएको दुई वर्षसम्म भवन निर्माणका लागि शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र पुनःनिर्माण प्राधिकरणलगायत सम्बन्धित निकायलाई पटकपटक हारगुहार गर्दासमेत छिट्टै निर्माण हुन्छ भन्दै आश्वासनमात्र दिएको बताउनुभयो ।

“ गत वर्षको बैशाख १२मा भूकम्प गएदेखि आहिलेसम्म जस्ता पाताको टहरामै पढाउँदै आएका छौँ, टहरामा पढाउँदा धेरै समस्या हुन्छ, एउटा कोठामा पढाउँदा अर्को कोठामा अवरोध हुन्छ, वर्षात्मा पानी पर्दा र जाँडोमा समस्या भएको छ” – प्रधानाध्यापक महतोले भन्नुभयो । उहाँका अनुसार सम्बन्धित निकायमा भवन निर्माणका लागि आग्रह गर्दा निर्माणबारे चीन सरकारसँग सम्झौता भएको र छिट्टै काम सुरु हुने भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो – “अभिभावकले हामीलाई कहिले बन्छ धनेर सोध्नुहुन्छ, सरकारले कहिले बनाउँछ भनेर प्रष्ट भन्दैन ।” विसं १९४८ मा निर्माण भएको सो भवन भत्किएपछि अहिले भवन रहेको अगाडिपट्टि खेल्ने स्थानमा टहरा निर्माण गरी पठन–पाठन हुँदै आएको छ । चर्र्किएको भवन कतिबेला भत्किएर टहरालाई च्याप्ने हो भन्ने अर्को खतरा छ ।

विसं १९९० को भूकम्पमा दरबार हाइस्कुलको छानाको केही भाग बिग्रिएको थियो । तर २०७२ सालको भूकम्पले बस्न नमिल्ने गरी पूरै भत्काएको छ । भानु माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी नानुमाया श्रेष्ठले टहरामा बसेर पढ्दा जाँडोमा शीत पर्ने, गर्मीमा टिन तातेर बस्नै नसक्ने र वर्षात्मा पानी परेर पढाइमा अवरोध हुने गरेको गुनासो गर्नुभयो । एउटा कक्षामा भएको होहल्लाले अर्को कक्षामा पठन–पाठनमा समस्या हुँदै आएको उहाँको भनाइ छ ।

कक्षा १० मै अध्ययनरत विद्यार्थी कविता कार्कीले खेल्ने ठाउँमा टहरा निर्माण गरिएको हुँदा खेल्नसमेत समस्या भएको गुनासो गर्नुभयो । शौचालयको पनि समस्या छ । विसं १९४८ देखि हालसम्म सो विद्यालय त्यही भवनमा रहँदै आएको थियो । भवन भत्किएपछि विद्यार्थी पनि विगतको तुलनामा घट्दै आएका छन् । दरबार हाइस्कुलको भुइँतलामा विंस १९३४ मा स्थापना भएको संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी पनि भूकम्पपछि टहरामै बसेर पढ्न बाध्य छन् ।

सो विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद दाहालले सरकारले टहरा निर्माणका लागिसमेत सहयोग नगरेको गुनासो गर्नुभयो । संस्कृत माविमा कक्षा ६ देखि १० सम्म अध्ययन करिब १५० विद्यार्थी रहेका छन् । भूकम्पपछि पूर्व राष्ट्रपति डा रामवरण यादव, पूर्व शिक्षा मन्त्रीहरू र अन्य विभिन्न सम्बन्धित निकायका प्रमुखहरू भत्किएको भवन अनुगमन तथा अध्ययन गरे पनि अहिलेसम्म निर्माणका लागि कहीँ कतैबाट पहल भएको छैन ।

त्यसैगरी पद्मोदय घुम्तीनजिकै रहेको पद्मोदय उच्च माध्यमिक विद्यालयको भवन भूकम्पले भत्किएपछि नयाँ भवन बन्न सकेको छैन । त्यस विद्यालयका विद्यार्थी अहिले पनि टहरामा बसेर पढ्न बाध्य छन् । प्राध्यानाध्यापक मीना कोइरालाले भवन निर्माणका लागि आफूले पहल गरिरहेको जानकारी दिनुभयो । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले स्रोत जुटाउन नसकेका कारण पनि भूकम्पका कारण भत्किएका विद्यालय पुनःनिर्माणमा ढिलाइ भएको बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com