क्वारेन्टिनमा यौन दुर्व्यवहारका ६२४ घटना


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौन हिंसाका ६ सय २४ वटा घटना भएको बताएका छन् । उनीहरूले केरोना संकटका समयमा महिला तथा किशोरीविरुद्ध भएका हिंसाका घटनाको तथ्यांक देखाउँदै क्वारेन्टिनमा बसेका महिला तथा बालबालिकाले बढी जोखिमको सामना गर्नुपरेको बताएका हुन् ।

सोबारे काठमाडौंस्थित अस्ट्रेलियाली दूतावास, बेलायती वैदेशिक सहायता नियोग (डिएफआइडी), युरोपेली युनियनको प्रतिनिधिमण्डल, फिनल्यान्ड दूतावास, फ्रेन्च दूतावास, जर्मन दूतावास, जापानी दूतावास, वैदेशिक सहायताका लागि जापानी नियोग (जाइका), नर्वेली दूतावास, स्विस दूतावास, नेपालस्थित संयुक्त राष्ट्रसंघ र वैदेशिक सहायताका लागि अमेरिकी नियोग (युएसएआइडी) संयुक्त वक्तव्य जारी गर्दै नेपालको क्वारेन्टिनको अवस्थाबारे संयुक्त धारणा सार्वजनिक गरेका हुन् ।

संयुक्त वक्तव्यमा नेपालमा २८ फागुन २०७६ देखि २४ जेठ २०७७ का बीचमा महिला तथा किशोरीविरुद्ध हिंसाका ६ सय २४ वटा घटना दर्ता भएको पाइएको भनिएको छ । ती अन्तर्राष्ट्रिय समुदायद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘महिलाहरू परिवार तथा समुदायमा फर्कनुअघि सुरक्षित महसुस गरी समय बिताउनुपर्ने क्वारेन्टिनमा नै यौन दुव्र्यव्यवहार भएको घटनाबारे चिन्ताजनक बयानहरू बाहिर आएका छन् ।’

उनीहरूले त्यस्ता प्रकृतिका हिंसाका प्रत्येक घटनाका आरोपलाई गम्भीरतापूवर्क लिई सम्बोधन गर्न र यौन शोषण र दुर्व्यवहारप्रति शून्य सहनशीलता कायम गर्न समेत संयुक्त वक्तव्यमा भनेका छन् । यस्तै, पीडितहरूले उजुरी गर्ने र आवश्यक सेवाहरू तुरुन्त प्राप्त गर्ने सुरक्षित तथा गोप्य माध्यममा पहुँचका साथै न्याय तथा कानुनी उपचार प्राप्त गरेको सुनिश्चित गर्न समेत उनीहरूले वक्तव्यमार्फत भनेका छन् । वक्तव्यमा भनिएको छ, ‘बालबालिका पीडित भएको अवस्थामा अवलम्बन गरिने उपायले बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राख्दै उपयुक्त भएसम्म परिवार र हेरचाहकर्तालाई संलग्न गराउनुपर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरूले कोभिड–१९ प्रतिकार्यमा संलग्न पक्षले क्वारेन्टिनमा बसेका सबै व्यक्ति, महिला तथा किशोरी, युवायुवती, अल्पसंख्यक र सीमान्तकृत समूहहरू त्यहाँ रहँदा सहायता दिने तथा उपचारमा संलग्न व्यक्तिहरू बाटै असुरक्षित भएको भनेका छन । क्वारेन्टिनमा सहायता प्राप्त गर्ने क्रममा हुने भेदभाव, यौन शोषण तथा दुव्र्यवहारबाट सुरक्षित रहन पाउने अधिकारको सम्मान गरिनुपर्ने अन्तर्राष्ट्रिय समुदायको विश्लेषण छ । आजको राजधानी दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com