हावाबाट कोरोना भाइरस सर्ने केहि प्रमाण भेटियो : डब्ल्यूएचओ


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हावाबाट कोरोना भाइरस फैलिएको पुष्टि गरेको छ । वैज्ञानिकहरुले हावाबाट संक्रमण सर्ने दाबी गरेपछि डब्ल्यूएचओले गरेको अध्ययनमा केहि प्रमाण भेटिएको जनाएको छ । यसअघि विश्वका ३२ देशका २३९ वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए ।

डब्ल्यूएचओले हावाबाट कोरोना फैलिने विषयमा अध्ययन नै रहेको भएपनि केहि प्रमाण भेटिएको जनाएको छ । यस बारेमा अझै विस्तृत अध्ययन भइरहेको जनाएको छ। ‘भिडभाड भएको सार्वजनिक स्थानमा, हावा आवत–जावत नगर्ने बन्द स्थानमा हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न सकिँदैन’ डब्ल्यूएचओले भन्यो, ‘यी प्रमाणहरुलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राख्छौं ।’

यसअघि डब्ल्यूएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो। डब्ल्यूएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले यसबारे छिट्टै निर्णय आउने बताइन् । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com