‘आप्रवासन रोकमा डिभी भिसा आवेदकलाई छुट दिइएको छैन’:अमेरिकी विदेश मन्त्रालयका अधिकारी


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी डिसेम्बरसम्म लगाएको आप्रवासन रोकमा डाइभर्सिटी भिसाका आवेदकलाई कुनै छुट नदिइएको अमेरिकी विदेशमन्त्रालयका अधिकारीले खसोखासलाई बताएका छन् ।

सन् २०२० को डिभी लोटरी विजेताहरुले आगामी सेप्टेम्बर अन्त्य सम्ममा अमेरिकाको भिसा लिइसक्नुपर्ने भएपनि ट्रम्पको कार्यकारी आदेशले सन् २०२० को अन्त्यसम्ममा नै डाइभर्सिटी भिसाका आवेदकलाई भिसा पाउनमा रोक लगाएपछि सन् २०२० को डिभी लोटरीको औचित्य समाप्त भएको छ ।

ट्रम्पको कार्यकारी आदेशपछि अब भिसा पाउन बाँकी सन् २०२० का डिभी विजेताहरुले भिसा पाउलान् ? यो प्रश्न खसोखासका पाठकहरुले बारम्बार सोधिरहनुभएको छ । हामीले यो प्रश्न अमेरिकी विदेशमन्त्रालयलाई सोधेका छौं ।

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले खसोखासलाई भने -‘कार्यकारी आदेशमा डाइभर्सिटी भिसा आवेदकका लागि कुनै छुटको व्यवस्था गरिएको छैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पको कार्यकारी आदेशमा निश्चित स्वास्थ्य पेशाकर्मीहरु, लगानीमा आधारित ईबी फाइभमा अमेरिका आउन खोज्नेहरु र अमेरिकी नागरिकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुलाई भने भिसा छुट दिइएको छ । अर्थात् उनीहरुले अमेरिकाको आप्रवासी त्भिसा पाउनसक्छन् । त्यस्तै अमेरिकी सेनाका सदस्यहरु, अमेरिकी सेनाका दम्पत्ति वा छोराछोरीहरुलाई पनि छुट दिइएको छ ।

यी बाहेक सबै आप्रवासी भिसा जारी गर्नमा आगामी डिसेम्बर अन्त्यका सम्मका लागि रोक लगाइएको छ । जसअन्तरगत डिभी, परिवारमा आधारित भिसा र रोजगारमा आधारित भिसा लगायत पर्छन् । त्यस्तै एच, जे र एल श्रेणीका कामदार भिसाहरुमा रोक लगाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com