कालो सूचीमा नाम निस्किन्छ भनेपछि,यातायत व्यवसायीले बैंकलाई चाबी बुझाए


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

किस्ता तिर्न दिनहूँ तोकेता गरेपछि पोखराका यातायात व्यवसायीले बैंकलाई चाबी नै बुझाएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राइभेट लिमिटेडमा आबद्ध व्यवसायीले ९० सवारीको चाबी बैंकलाई बुझाएका हुन् ।

कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीका अनुसार एन.एम.बी. बैंकमा ३०, मुक्तिनाथ विकास बैंकमा २५, प्राइममा १८ र गरिमा बैंका १७ वटा गरि ९० सवारीको चाबी बुझाएको जानकारी दिए । बैंकहरुले किस्ता तिर्न दिनहूँ ताकेता गरेपछि सवारीको चाबी नै बुझाउन बाध्य भएको उनले सुनाए । ‘हैरानै पारे, कुनै दिन सुखै दिँदैनन् ।

राती फोन गर्ने, दिउँसै फोन गर्ने, बिहानै फोन गर्ने, मानसिक टर्चर दिने,’ उनले भने, ‘छोरा नातीले जाँगिर खान पाउँदैनन्, कालो सूचीमा नाम निस्किन्छ भनि सकेपछि मान्छे आत्तिनु त स्वभाविक हो । चाबी बुझाउनुको विकल्प नदेखेर बुझाएको हो ।’

राज्यले यातायात व्यवसायी डुबे डुबुन भनेर बेवास्ता गरेको उनको आरोप छ । आफूँहरको लागि राज्य भए जस्तो व्यवहार पनि नभएको उनको भनाई छ । ‘राज्य सिरियस नभएपछि के लाग्छ, अभिभावक नै नभएपछि परिवारको के हाल हुन्छ,’ उनले भने, ‘हाम्रो लागि त कोही पनि छैन । प्रधानमन्त्री पनि छैन । मन्त्री पनि छैन । अभिभावक नभएको परिवार कस्तो हुन्छ कल्पना गर्न सक्ने कुरा पनि भएन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही समय अघि यातायात व्यवसायीहरुले पत्रकार सम्मेलनको आयोजना गरेर बैंकलाई बुझाउनुपर्ने किस्ताको समयावधी थप गर्न माग राखेका थिए । किस्ता तिर्ने समय थप नगरिएमा चाबी नै बुझाउनुपर्ने अवस्थामा व्यवसायीहरु पुगेको उनीहरुको माग थियो ।

‘हामीले केही पनि मागेका होइनौं । चामल खाने पैसा मागेका होइनौं । यो विषयमा राहत देउ भनेका पनि होइनौं,’ उनले भने, ‘हामीले त केबल ६ महिनाको किस्ता व्यवस्थापन गरिदेउ मात्रै भनेका हौं ।’ यो भन्दा बढी व्यवसायीहरुको माग र आशा केही पनि नभएको उनले सुनाए ।

उद्योग, पर्यटन लगायतका क्षेत्रको विषय उठान भए पनि आफूहरुको नाम पनि उच्चारण नभएको भन्दै उनले रोष व्यक्त गरे । राज्यले आफूहरुलाई सम्बोधनै नगरेर विभेद्कारी बनेको उनले आरोप लगाए ।

सार्वजनिक यातायात बिना अरु पेशा, व्यवसाय पनि चल्न नसक्ने दाबी गर्दै उनले आफूहरु उपेक्षामा परेको बताए । एक एक दिनको अन्तरमा व्यवसायीहरुले चाबी बुझाउने कार्यक्रम रहेको उनले सुनाए ।

प्रमुख जिल्ला अधिकारीलाई पनि आफूहरुको समस्याबारे पत्र बुझाएको उनले बताए । राज्यको ध्यानाकर्षण हुनेमा आश नलागे पनि एक एक दिनको अन्तरमा व्यवसायीहरुले चाबी बुझाउने कार्यक्रम तय भएको उनले सुनाए ।

कही कतैंबाट सम्बोधन हुने नदेखिएपछि बाध्य भएर चाबी बुझाएको उनले दोहो-याए । कम्पनीमा अहिले १४ सय सवारी धनी आबद्ध छन् । अन्तिममा केही विकल्प नरहे कम्पनीको कार्यालयमा पनि चाबी लगाएर राज्यलाई बुझाउने उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com