गुल्मीकी ज्वारचनलाई सांसद बनाउने काँग्रेसको निर्णय


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको छ । बागलुङकी घर भएकी समानुपातिक सांसद छन्त्यालको गत बुधबार निधन भएको थियो। रिक्त रहेको उक्त पदमा कांग्रेसले गुल्मीकी ज्वारचनलाई पठाउने सोमबारको बैठकले निर्णय गरेको हो ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको महिला (जनजाति) सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ। प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावलीअनुसार कुनै सांसदको निधन भए बन्दसूचीमा रहेको व्यक्ति नै सांसद हुन्छ। सांसद निधन भएको जानकारी संघीय संसद सचिवालयले आयोगलाई दिएपछि सोही अनुसार निर्वाचन आयोगले पत्र पठाएको थियो ।

सांसदको निधन भएकोबारे काँग्रेसले पनि जानकारी गराएको थियो । लामो समयदेखि काँग्रेसमा क्रियाशील रहेकी ज्वारचन विसं २०३६ सालको जनमत संग्रह, सत्याग्रह र जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएकी थिइन्। ज्वारचन सहरी विकास राज्यमन्त्री पनि भएकी थिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com