तत्काल सार्वजनिक यातायात सञ्चालन हुँदैनन्


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

सरकारले व्यवसायी र मजदुरहरूको माग सम्बोधन गरे तत्कालै आफूहरूले सार्वजनिक यातायात सञचालन गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभएको छ । यो अवस्थामा यातायात सञ्चालन गर्नसक्ने अवस्था नरहेका कारण यातायात व्यवसायीहरूले यथास्थितिमा सार्वजनिक यातायातका साधन चलाउन नसक्ने कर्माचार्यले  बताउनुभयो ।

सरकारसँग वैशाखदेखि नै आफूहरूकै बैङ्कको किस्ता र मजदुरहरूलाई बाँच्नसक्ने अवस्था सिर्जना गराउन माग गरिरहे पनि सरकारी संयन्त्रबाट आफूहरूलाई जवाफ नै नआएको कर्माचार्यले दाबी गर्नुभयो । ‘व्यवसायीले अहिलेको अवस्थामा चालकलाई पिपिइ, यात्रुहरूलाई मास्क, सवारी साधनहरूको डिस्इन्फेक्सन गर्न सक्दैनौँ, त्यसको व्यवस्थापन सरकारले गर्नुपर्छ’ अध्यक्ष कर्माचार्यले भन्नुुभयो ।

सरकारले मासिक किस्ता तिर्न सक्ने अवस्था, मजदुरलाई पाल्नसक्ने अवस्था र दैनिक खर्चको व्यवस्थापनको ग्यारेन्टी सरकारले गरे मात्रै तत्कालै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । बसपार्कमा सवारी साधनहरूको दैनिक रुपमा निर्मलीकरण गर्नको लागि व्यवस्था, राजधानी भित्रने चार नाकामा समेत सुरक्षाको उपाय अपनाउन सक्ने व्यवस्था गरे मात्रै सार्वजनिक यातायात सञ्चालन हुन सक्ने भएकाले सरकारको जवाफ व्यवसायीहरूले कुरेर बसेको अध्यक्ष कर्माचार्यले भन्नुुभयो ।

लामो, मध्यम तथा छोटा दूरीका सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानीको मापदण्ड बनाएर अघि बढ्न तयार रहेको बताउँदै अध्यक्ष कर्माचार्यले व्यवसायी यस्तो समयमा भाडा बढाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । ‘सरकारले साहुको चिन्ता लिनु परेन, तर मजदुर दैनिक खर्चको व्यवस्थापन गर्न पहल गरिदिनु पर्याे भनेका हौँ ’ अध्यक्ष कर्माचार्यले भन्नुभयो । सरकारले हाम्रो पक्षमा केही सहयोग गरिदिनुपर्यो भनेर अनुरोध गरेका छौँ । ‘यो अवस्थामा गाडी सञ्चालन हुनु र रोकिनुमा केही फरक नपर्ने भएकाले यही अवस्थामा गाडी गुड्न सक्दैन भनेर सरकारलाई आफ्नो कुरा राखेका छौँ’ अध्यक्ष कर्माचार्यले भन्नुभयो,‘ सरकारले केही गर्ला भन्ने आशा छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल यो विषम परिस्थितिमा सरकारको क्याबिनेटले निर्णय गरेपछि मात्रै यातायात सञ्चालन हुन सक्ने बताउनुहुन्छ । कोभिड–१९ को महामारीमा कोरोना नियन्त्रण उच्चस्तरिय समिति र क्याबिनेटले निर्णय गरेपछि मात्रै यातायात सञ्चालन हुन सक्ने र त्यो निर्णय भएपछि मात्रै आफूहरूले कसरी सार्वजनिक यातायात सञ्चालन गर्ने भनेर भन्न सक्ने बताउनुभयो । सरकारले यातायात सञ्चालन गर्न सकिन्छ भनेर निर्देशन दिएमा आफूहरूले समेत कसरी चलाउन सकिन्छ भनेर तयारी थाल्ने उहाँले स्पष्ट पार्नुभयो ।

स्वास्थ्य मन्त्रालयले अब सार्वजनिक यातायात चलाउँदा हुन्छ भनेर भनेपछि मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने र त्यसको बारेमा तयारी गरिने हमालले बताउनुभयो । तर आफूहरूले त्यसको तयारी थाले पनि सरकारको निर्णय तथा स्वास्थ्य मन्त्रालयले दिने जोखिमको मूल्याङ्कनको आधारमा सार्वजनिक यातायातका साधन कसरी चलाउने भन्ने थाहा पाउने बताउनुभयो । सरकारले निर्णय गरेपछि सुरक्षा, भाडा दरका विषयमा छलफल गरिने उहाँले बताउनुभ ।गोरखापत्रबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com