बालिका हत्या प्रकरणमा अघोरी बाबासहित २० जना पक्राउ


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

जनकपुरधाम उपमहानगरपालिकाकी एक बालिकालाई बलात्कार गरी हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । शुक्रबार शव फेला परेको दिन प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था स्थित घाटमा बस्ने एक अघोरी बाबासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोमा अहिले थप १८ जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको हो । घटनास्थलबाट प्रमाणको रुपमा ब्लैंकेट समेत फेला पारेको प्रहरीले जनाएको छ ।

शनिबार नै ७ जना डाक्क्टरको समूहले ती बालिकाको शवको पोस्टमार्टम गरेपनि रिपोर्ट भने अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

पोष्टमार्टम रिपोर्ट नआउञ्जेलसम्म हत्यापूर्व बलात्कार भएको हो वा होइन भन्ने आशंका पुष्टि गर्न नसकिने उनले बताए । प्रकृति हेर्दा हत्या नै गरेको हो भन्न सकिने भएपनि यथार्थ चित्र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बाहिरिने प्रवक्ता कार्कीले स्पष्ट पारे ।

यता धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतले अनुसन्धान तीव्र रुपमा अगाडि बढाइएको भन्दै अनुसन्धानका लागि २० जना पक्राउ परेको बताए ।
यसैबीच नेपाली कांग्रेस जनकपुरधाम नगर समितिका सभापति मनोजक साहले बालिकाका हत्यारालाई कडा कारवाहीको माग गरेका छन् । गत बुधबार विहान ११ बजे भैसी चराउन घरबाट निस्केका १० वर्षीय नाबालिका कञ्चन कुमारी पजियारको शव शनिबार स्थानीय दुधमती नदी किनारामा शव फेला परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com