अष्ट्रेलियामा कोरोना संक्रमण बढेसँगै मेलबर्नका ३६ क्षेत्रमा लकडाउन


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढेसँगै मेलबर्नका तीन लाखभन्दा धेरै मानिसको बसोबास रहेको उपनगरहरुमा लकडाउनको घोषणा गरिएको छ । बुधबार मध्यरातदेखि लागु हुने गरी उक्त क्षेत्रमा पुनः लकडाउनको निर्णय गरिएको हो । यो लकडाउन चार सातासम्म जारी रहनेछ ।

बुधबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र भिक्टोरिया राज्यमा कोरोना भाइरसका ७३ नयाँ संक्रमित फेला परेका थिए । अष्ट्रेलियाको दोस्रो सबैभन्दा धेरै मानिसको बसोबास रहेको राज्यमा दुई सातायता निरन्तर कोरोना भाइरसका नयाँ संक्रमितको संख्या दोहोरो अंकमा देखिएको छ ।

भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुले संक्रमण दर पछिल्लो समय स्थिर देखिएको पनि उल्लेख गरे । उनले अहिले लकडाउन गरिएको क्षेत्रका सबै मानिसहरुलाई लकडाउनको नियम पालना गर्न आग्रह गरेका छन् । उनले सबै मानिसहरु मिलेर अबको चार सातामा अष्ट्रेलियामा कोरोना भाइरसको सामुदायिक संक्रमण रोक्न सकिने उनको भनाइ छ ।  अष्ट्रेलियाको केही राज्यले भिक्टोरियाका नागरिकलाई आफ्नो राज्यमा प्रवेशको लागि रोक लगाएका छन् । भिक्टोरियाबाहेकका राज्यमा भने खासै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छैनन् । अहिलेसम्म अष्ट्रेलियामा सात हजार आठसयभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने १०४ जनाको मृत्यु भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com