बेलायतका संक्रमित नेपालीमध्ये लगभग सबै निको


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

कोरोना महामारीका कारण संसारमै सबैभन्दा बढी नेपालीले ज्यान गुमाएको मुलुक हो बेलायत । हालसम्म बेलायतमा मृत्यु हुने ६७ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

बेलायतमा कोरोनाले ज्यान गुमाउने नेपालीमा अधिकांश भूतपूर्व गोर्खा र उनीहरुका परिवारका सदस्य छन् । मृतकमध्ये जना भूपू गोर्खा परिवारका हुन् ।

कोरोनाका कारण मृत्यु भएका ८५ प्रतिशतभन्दा बढी ७० वर्ष उमेर नाघेका छन् । जसमा ३२ वर्षकी युवतीदेखि ९६ वर्षका वृद्ध समेत छन् ।

‘कोरोना महामारी शुरु भएयताको अवधिमा बेलायतमा मृत्यु हुने नेपालीको कुल संख्या झण्डै एक सय छ’, लण्डन दूतावासका उपनियोग प्रमुख शरदराज आरन भन्छन्, ‘हामीले सम्बन्धित परिवारबाट मृतकलाई कोरोना संक्रमण भएको पुष्टि हुनेको मात्रै संख्या सार्वजनिक गरेका छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दूतावासले बेलायतस्थित भूपू गोर्खाका संघसंस्था, गोर्खा वेल्फेयर ट्रस्ट र स्थानीय काउन्सिलहरुको सहयोगमा नेपालीहरुको तथ्यांक जुटाइएको बताएको छ ।

निको भए संक्रमित

बेलायतमा कोरोनाबाट कति नेपाली संक्रमित भए भन्ने यकिन तथ्यांक भने उपलब्ध छैन । तर दूतावास, एनआरएनए यूके लगायतले बटुलेको तथ्यांकका आधारमा संक्रमित नेपालीको संख्या कमसेकम १ हजार कटेको देखिन्छ ।

कतिपयले संक्रमण भएपनि खुलाउन चाहनुहुन्न । दूतावासको सम्पर्कमा आउने र हाम्रा स्रोतहरुबाट पुष्टि हुने संक्रमित नेपाली पनि करिब सात सय हुनुहुन्छ, उपनियोग प्रमुख आरनले भने, तर यहाँको समुदाय र अन्य स्रोतबाट संक्रमित नेपालीका संख्या बढी नै छ भन्ने बुझिन्छ ।

एनआरएनए यूकेले आफ्नो हेल्पलाइनबाट बटुलेको तथ्यांकमा पनि बेलायतमा संक्रमित हुने नेपाली १५ सयभन्दा बढी नै रहेको देखिएको छ । हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटका अनुसार संक्रमितमध्ये अस्पतालमै भर्ना भएर उपचार गराउनेहरु १ सय ५१ थिए । जसममध्ये मृत्यु हुने ६७ जनाबाहेक अरु सबै ८४ जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

अहिले बेलायतका लगभग सबै संक्रमित नेपाली निको भइसकेको रानाभाटले बताए ।

समुदायबाट सहयोग

महामारीका बेला विभिन्न समस्यामा परेका यहाँस्थित नेपालीलाई समुदायले पनि विभिन्न सहयोग गरिहेको छ ।

भूतपूर्व गोर्खा परिवारका वृद्धवृद्धा र अध्ययनका लागि आएका विद्यार्थीसंगै रोजगारी गुमाउने, नेपाल फर्किन नपाएर रोकिनेहरुसहित सयौं नेपालीलाई एनआरएनए यूके, मर्जिङ नेपसक्ससहितका थुप्रै संस्थाले राहत तथा सहयोग वितरण गरेका छन् ।

धेरै विद्यार्थीले दाल चामल, तेल लगायतका आधारभूत खाद्यसामग्री र केहीले आर्थिक सहयोग पाएका छन् । केही विद्यार्थी र नेपालबाट जाँच दिन आएका डाक्टरहरुलाई यहाँस्थित नेपाली समाजसेवीहरुले आफ्नै घरमा बासको समेत प्रबन्ध गरेका छन् ।

भूतपूर्व गोर्खा वृद्धवृद्धासहित सयौंलाई घरघरमै पुगेर मास्क, स्यानिटाइजर, औषधि लगायतका सामग्री बाँडिएको छ ।

लकडाउनका कारण बेलायतमा रोकिएका २ सय २९ जना नेपाली हालै चार्टर विमानमार्फत नेपाल फर्किएका छन् । नेपाल सरकारले प्रबन्ध गरेका दुई उडानमार्फत गत बुधबार र शुक्रबार गरी उनीहरुलाई नेपाल फर्काइएको हो ।

चार्टर उडानमा फर्किनेहरुमा भिसाको अवधि सकिएका, पढाइ पूरा भएका तथा बीचमै छोडेका विद्यार्थी, जाँच तथा तालिमलाई आएका सेना र कर्मचारी, रोजगारी गुमाएका कामदार, नेपालमा बाबुआमाको निधन भएर काजक्रिया गर्न जानेहरु लगायत थिए ।

नेपाल फर्किनैपर्ने जरुरी अवस्था रहेको भन्दै एनआरएनए यूके र दूतावासमार्फत नाम दर्ता गर्ने करिब ५ सय रहेपनि उडान तय भएपछि फर्किन तयार हुनेहरु आधाभन्दा पनि थोरै भएका थिए ।
योे साता पनि सोमबार र विहीबार बेलायतबाट कतार एअरवेजका थप २ विमान काठमाडौं उड्ने योजना छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com