कोरोना अपडेटः विश्वभर पाँच लाख ८ हजार बढीको मृत्यु


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३ हजार ५५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ५६ लाख ६९ हजार ५९४ जना निको भएका छन्। चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ८१ हजार ८११ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २८ हजार ७८३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २१ लाख ८७ हजार १२९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८३ हजार ६७१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३१ लाख २९ हजार ४२६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६७ हजार ६०२ जनाको मृत्यु भएको छ ।युरोपमा २४ लाख २९ हजार ९५१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९१ हजार ३८ को मृत्यु भएको छ । एसियामा २२ लाख ६० हजार ५४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५५ हजार ८८४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ९६ हजार ३१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ९१४ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com