भाेलिबाट सलह पश्चिम जाने अनुमान !


प्रकाशित मिति : असार १४, २०७७ आईतबार

अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सलह कीराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह कीरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो कीरा हावाको दिशा पछ्याएर १०० देखि १३० किलोमिटरसम्म समूह बनाएर हिँड्ने गर्छ । नेपालमा विगत दुई– तीन दिनदेखि मनसुनको अरेबियन शाखाबाट बहने पश्चिमी दक्षिणी–पश्चिमी वायुको प्रभाव रहेको बताइएको छ । जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३० देखि ४० किलोमिटर प्रतिघण्टा छ ।

मौसमविद्का अनुसार सोमबार र मङ्गलबार पूर्वबाट हावाको बहाव पश्चिमतिर बढी हुनेछ । उक्त दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने औँल्याइएको छ ।

मङ्गलबार पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने छ । सो दिन जमिनको सतहभन्दा एक मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुनेछ । त्यसैले हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सलह, फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो । यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन्छ । वरिष्ठ कृषि विज्ञ डा. केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । यसले खाद्य बाली मात्र नभई रुखबिरुवा, बुट्यान सबै सखाप पार्छ ।

त्यसैले यसलाई खतरनाक कीरा प्रजातिका रुपमा व्याख्या गरिएको छ । सलहकाे जन्म मरुभूमिबाट भएको हो । यसलाई बढी सुख्खा वातावरण आवश्यक पर्छ ।

सलहको जोखिम नेपालमा कस्तो होला

सहल कीरा बढी सुख्खा ठाउँमा हुने कीरा हो । नेपालमा मनसुन शुरु भई निरन्तर वर्षा भइरहेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पानीले भिजेपछि ती कीराको जिउँ गह्रुँगो हुनाले उड्न सक्दैन । नेपालको पहाडी भूभागसम्म आइपुग्ने सम्भावना कम रहेको बताइएको छ ।

यसले धेरै क्षति कसरी गर्छ

यो कीराले प्रायः धेरैजसो बोटबिरुवा तथा वनस्पति खान्छ । प्रत्येक किराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पु-याउँछ । यो कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी नै हुन्छ । यसले बिरुवाको पात, फल, फूल, बोक्रा सबै नष्ट गरी क्षति पु-याउँछ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com