युद्धको तयारीमा जुट्दै भारत–चीन


प्रकाशित मिति : असार १४, २०७७ आईतबार

लद्दाखस्थित गलवान घाटीमा हालै भएको संघर्षपछि भारत र चीनबीच तनाव बढेको छ। सहमतिका लागि वार्ताहरू भइरहे पनि चीनले अहिले सीमामा आफ्नो फौज लगातार बढाइरहेको समाचार प्रकाशनमा आइरहेको छ।

सन् १९९६ को सम्झौतामा उल्लेख भएअनुसार दुवै देशलाई वास्तविक नियन्त्रणको रेखा (एलएसी)मा हतियार प्रयोग गर्न निषेध गरिएको छ। त्यसैले चीनले आफ्ना लडाकुलाई सैनिक तालिम दिनका लागि तिब्बती लडाकुलाई पनि भर्ना खोलेको छ।

तिब्बती लडाकुहरू परम्परागत युद्धमा माहिर हुन्छन्। उनीहरू लट्ठी, भाला, डन्डा तथा रडले युद्ध गर्न सिपालु मानिन्छन्। यही माध्यमबाट चीनले अब भारतसँग युद्ध गर्ने तयारी गरिरहेको छ। पिपुल्स डेलीको रिपोर्टअनुसार तिब्बतको पठार इलाकामा बसोबास गर्ने यी लडाकुले चिनियाँ सैनिकलाई विभिन्न हतियारले युद्ध गर्नका लागि तालिम पनि दिइरहेका छन्।

भारत र चीनले दुवै देशबीचको आपसी विश्वास बढाउन सन् १९९६ र सन् २००५ मा सम्झौताहरू गरेका थिए। सम्झौताअनुसार दुवै देशका सैनिक गस्तीको समयमा आमनेसामने भए पनि गोली चलाउन निषेध गरिएको थियो। यसका साथै दुवै देशका सेनाले गस्तीको समयमा एलएसीको दुई किलोमिटरसम्म आफ्नो राइफलको ब्यारललाई जमिनतिर झुकाएर राख्नुपर्ने नियम राखिएको थियो। बिनासूचना एलएसीको १० किलोमिटरभित्र दुवै देशका सैन्य विमानको उडानलाई पनि प्रतिबन्ध लगाइएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यही सम्झौताले गर्दा नै सन् १९७५ यता एलएसीमा शान्ति कायम थियो। आजसम्म दुवै देशबीच त्यस्तो घटना भएको थिएन। तर, अहिले उक्त सम्झौताविपरीत कदम चालिएको भन्दै दुवै देशले एकअर्कालाई दोषारोपण गरिरहेका छन्। भारतले पनि अहिले स्थिति हेरेर हतियार चलाउन आफ्ना कमान्डरलाई आदेश दिएको केही भारतीय सञ्चार माध्यमले जनाएका छन्। चीनले पनि सीमामा धेरै तोप, ट्यांकर र अन्य हतियार तयारी अवस्थामा राखेको छ। त्यसैगरी भारतले चीनको सीमा नजिक तैनाथ स्थल र वायु सेनालाई सचेत गराएको छ। भारतीय नौसेना पनि हिन्द महासागर क्षेत्रमा लगातार गस्तीमा रहेका जनाइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com