‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न मन्त्रालयको आग्रह


प्रकाशित मिति : असार १३, २०७७ शनिबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न सबैमा आग्रह गरेको छ । अहिलेसम्म कोभिड–१९ को सङ्क्रमण रोक्न यस्तो कार्ड नबनेकाले त्यसको प्रयोग नगर्न मन्त्रालयले सबैमा आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही प्रतिष्ठित व्यक्तिले नै कोभिड–१९ सर्दैन भनेर भाइरस रिमुभिङ कार्ड प्रयोग गरेकाले त्यसो नगर्न आग्रह गरेका हुन् । उनले त्यस किसिमको कार्डलाई सरकारले स्वीकृत नदिएकाले भ्रममा नपर्न समेत अनुरोध गरेका छन् ।

उनले जनताको भावनालाई बहकाएर व्यक्तिगत स्वार्थका लागि जनस्वास्थ्यमाथि खेलबाड हुने गरी यस्तो किसिमका गतिविधि गर्नेलाई कानूनी दायरमा ल्याई कारवाही प्रक्रिया अगाडि बढाउने जानकारी दिए । “भाइरस रिमुभिङ कार्ड पत्ता लागेको र यो घाँटीमा लगाउने बित्तिकै कोभिड– १९ लाग्दैन भन्ने भ्रम सिर्जना भएको विषयप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ”, मन्त्रालयका प्रवक्ता गौतमले भने, “यस किसिमको भाइरस रिमुभिङ कार्ड पत्ता लागेको छैन । कोभिड–१९ रोक्न यस्तो किसिमको विधि र प्रक्रिया नै शुरु नभएको व्यहोरासमेत जानकारी गराउँछौँ ।”

उनले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि विश्वका वैज्ञानिक रातदिन विभिन्न खोज गरिरहेकाले त्यो खोज पत्ता लाग्ने बित्तिकै स्वास्थ्य मन्त्रालयलाई जानकारी हुने खालका विज्ञहरुको संयन्त्रसमेत रहेको जानकारी दिए । उनले भाइरस रिमुभिङ कार्डका नाममा कसैले कार्ड बनाउने वा विदेशबाट ल्याउने व्यापार गर्ने प्रयोगका लागि बजारमा उपलब्ध गराउने र समाजका प्रतिष्ठित व्यक्तिको घाँटीमा विभिन्न तरिकाले झुण्डाउने र प्रचारबाजी गर्ने देखिएकामा मन्त्रालय चिन्तित रहेको बताए । उनले त्यस किसिमका कार्डमा प्रयोग भएको रसायनले मुटु, फोक्सो, कलोजो लगायतका अङ्गमा असर गरी स्वास्थ्यमा गम्भीर असर पार्ने समेत बताए ।

मन्त्रालयका प्रवक्ता डा गौतमले कोभिड–१९ को बेला विभिन्न व्यक्ति र समूहले निहित स्वार्थमा रहेका र विभिन्न भ्रम गर्ने÷गराउने जस्ता कार्य गरिरहेकाले सचेत रहनसमेत सबैमा आग्रह गरे। “भाइरस रिमुभिङ कार्ड विधिको प्रयोग भएको भए अहिले विश्वभर यति धेरै कठिनाइ हुँदैन्थ्यो होला । यस्तो किसिमको विधिको खाँचो सबैलाई छ”, उनले भने, “यस्तो विधि प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भई प्रक्रियाअनुसार सरकारले आफैँ उपलब्ध गराउनेछ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले कोभिड–१९ को यस्तो समस्या परेको बेला समाजमा विभिन्न व्यक्तिले आफ्ना लागि अवसर खोज्ने गरेको उल्लेख गर्दै विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ विरुद्ध सबै एकजुट भई जिम्मेवार नागरिकको भूमिका निर्वाह गरे यसलाई पनि परास्त गर्न सक्ने बताए । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com