कृषकका आलु गाउँपालिकाले नै किनिदियो


प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार

स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरिदिएको छ । आँधीखोला–१ भक्किमले, दत्तेलटे र त्रिवेणीका बर्खे आलु बारीबाटै सो गाउँपालिकाले खरिद गरिदिएपछि उनीहरु उत्साहित भएका छन् । त्यहाँका ५४ घरका कृषकले ९० रोपनी बाँझो जमीनमा समूहिक रुपमा आलु लगाएका थिए । गाउँपालिकाले ४२ टन आलु रु ५५ का दरले खरिद गरेको हो । तरकारी, फलफूल लगायतका उत्पादित वस्तु लकडाउनका कारण बिक्री नभएर त्यतिकै फाल्नु पर्ने साथै बिचौलियाले कृषकसँग सस्तो मूल्यमा लिएर महँगो मूल्यमा बेच्दै आएको अवस्था रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बन्दाबन्दीका समयमा कृषकले उत्पादन गरेको बर्खे आलु गाउँपालिकाले खरिद गरेर बिक्री गर्ने व्यवस्था मिलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दीको बेला छ किसानले सामूहिक रुपमा लागाएको आलु बिक्री नभएमा कृषक हतोत्साहित हुन सक्ने भएकाले कृषकलाई ऊर्जा थाप्नका लागि गाउँ पालिकाले नै बिक्रीको जिम्मा लिएर बेचिरहेको छ ।” व्यावसायिक कृषक तयार गर्दै कृषिमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यअनुसार गाउँपालिकाले काम गरिरहेको बताउँदै कृषकले उत्पादन गरेको सम्पूर्ण वस्तुको जिम्मा गाउँपालिकाले लिने उहाँले जानकारी दिनुभयो ।

कृषकको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले आलु सङ्कलन गरी कृषि एम्बुलेन्समार्फत बिक्री गरेको उहाँको भनाइ रहेको छ । युवा कृषक चुडामणि पौडेलले भन्नुभयो, “आलु त लगाइयो यो बन्दाबन्दीको समयमा कसरी बिक्री गर्ने भन्ने चिन्ताले सताएको थियो । गाउँपालिकाले हाम्रो बारीबाटै उत्पादित आलु खरिद गरिदिएपछि यतिबेला निकै खुशी लागेको छ ।” अहिलेको बन्दाबन्दीको अवस्थामा गाउँपालिकाद्वारा उपभोक्ताको घरघरमै सुपथ मूल्यमा आलु पु¥याउन थालेपछि स्थानीय उपभोक्ता उत्साहित भएको गाउँपालिका उपाध्यक्ष शर्मिलादेवी पौडेलले बताउनुभयो ।

गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक विवेक आचार्यले आलु खेतीका लागि यस ठाउँको माटो, हावा र पानी उपयुक्त भएकाले आलु खेतीबाट राम्रो आम्दामी लिन सकिने बताउनुभयो । उहाँले कृषकका हरेक समस्यामा आफू फिल्डमा नै पुगेर समस्या समाधानका लागि सल्लाह सुझावसमेत दिँदै आएको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाउँपालिकाले किसानहरुलाई कृषि पेशातर्फ आकर्षण गर्नका लागि समयसमयमा मौसमअनुसारका बीउ बिजन, कृषि यन्त्रका साथै प्राविधिक सहयोगसमेत गर्दै आएको जनाएको छ । गाउँपालिकाले १ नं वडाका भक्किमले, दत्तेलटे र त्रिवेणीका कृषकले उत्पादन गरेको बर्खे आलु बारीबाटै खरिद गरेको हो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com