अमेरिकाबाट फर्केका नेपालीलाई भाडा तीनगुणा, खानामा चिसो स्याण्डवीच, तातोपानी समेत दिइएन


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

मंगलबार २७८ जना नेपालीहरु लिएर न्युयोर्कबाट काठमाडौं गएको टर्किस एयरलाइन्सको विमानमा आफूहरुलाई तातोपानी समेत खान नदिइएको यात्रुहरुले गुनासो गरेका छन् । नियमित भन्दा झण्डै तीनगुणा बढी भाडा लिएको विमानमा कैयन यात्रुहरुले भोकै यात्रा गरेका थिए । उक्त विमानमा टिकटदर १५३७ डलर तोकिएको थियो ।

टर्किस एयरलाइन्समार्फत नेपाल पुगेका नेपालीहरुले एयरलाइन्सको भद्रगोल अवस्थाबारे सामाजिक सञ्जालमार्फत गुनासो गरेका हुन् । टर्किस एयरलाइन्समार्फत दुईवटा टिकटको ३ हजार डलरभन्दा बढी तिरेर नेपाल गएका निराकार उप्रेतीले विमानभित्रको अवस्था अत्यन्तै डरलाग्दो भएका बताएका छन् ।

हरेक सिटमा यात्रुलाई राखिएको, सामाजिक दुरीका कुनै मापदण्ड पालना नगरिएको, तातोपानी र चिया कफी समेत नदिइएको, एकदमै खराब चिसा स्याण्डवीचहरु खान दिइएको उप्रेतीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले भनेका छन् -‘जहाजमा कैयन बृद्धबृद्धाहरु हुनुहुन्थ्यो, जब उहाँहरुलाई चिसा स्याण्डवीच खान दिइएको थियो, उहाँहरु निकै दुखी देखिनुभएको थियो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रथम श्रेणीको टिकट लिएकाहरुलाई समेत सोही व्यवस्था गरिएको र चिसो स्याण्डवीचमात्र दिने सहमति रहेकाले त्यही उपलब्ध गराइएको आफूहरुलाई जानकारी दिइएको उप्रेतीले जनाएका छन् । चिसो स्याण्डवीच खान नसक्दा कैयन यात्रुहरु अमेरिकाबाट नेपाल पुग्दासमेत भोकै रहेको जनाइएको छ ।

अन्तिम समयमा नेपाल फर्कन चाहने नेपालीहरु कम

कोरोनाको महामारीका कारण अमेरिकामा रोकिएका झण्डै १२ सय नेपालीहरुले नेपाल फर्कनका लागि आवेदन दिएपनि अन्तिम समयमा नेपाल फर्कन चाहनेहरुको संख्या निकै कम देखिएको थियो । नेपाल फर्कन इच्छा व्यक्त गरेर फर्म भरेकाहरुमध्ये ५० प्रतिशतभन्दा बढी नेपाल फर्कन अनिच्छुक देखिएपछि अमेरिकाबाट नेपालीहरुलाई नेपाल लैजान ४ वटा उडान तय गरेका एयरलाइन्सले घटाएर दुईउडानमात्र गरेका थिए ।

कतिपयले नेपाल जाने भाडा दोब्बरभन्दा पनि बढी भएको भन्दै तत्काल नेपाल फर्कन अनिच्छा व्यक्त गरेका थिए । त्यस्तै नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण पनि कतिपयले तत्काल नेपाल फर्कन अनिच्छा व्यक्त गरेका थिए । नेपाल फर्केपछि क्वारेन्टीनमा कहाँ बस्ने भन्नेबारे समेत अन्यौल उत्पन्न भएका कारण धेरैले तत्काल नेपाल फर्कने योजना परिवर्तन गरे ।

अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल फर्काउने पहलका लागि ढिलो भएकाले कतिपयले अमेरिकी सरकारलाई शुल्क तिरेर भिसा थपका लागि आवेदन दिइसकेका छन् । त्यसैले भिसा थपका लागि शुल्क तिरेर आवेदन दिइसकेको अवस्थामा नेपाल फर्कन हतार नभएकाहरुले आफ्नो योजना परिवर्तन गरेको बताए । कतिपयले कोरोना टेस्टको प्रमाणपत्र ल्याउन झन्झटिलो भएका कारण नेपाल जाने योजना बदलेका छन् ।

टिकट नविकेपछि कमयात्रु बोकेर गए एयरलाइन्स

कोरोनाको महामारीका कारण अमेरिकामा रोकिएका २४१ जना नेपालीहरुलाई लिएर विहिबार कतार एयरवेजको विमान टेक्सासबाट नेपालका लागि प्रस्थान गरेको छ ।

अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल लैजान कतार एयरवेजको दुई उडानको तयारी गरेको थियो । तर प्रयाप्त टिकट नविकेपछि जुन २३ मा वासिंटन डिसीबाट गर्ने भनिएको उडान रद्द गरिएको थियो । सामान्य अवस्थामा ८ सय डलरमा अमेरिकाबाट नेपालको दुईतर्फी हवाई टिकट नै उपलब्ध हुने भएपनि कतार एयरवेजले अमेरिकाबाट नेपालका लागि भाडादर १६ सय तय गरेको थियो ।

टर्किस एयरलाइन्सले पनि दुई उडानको तयारी गरेकोमा टिकट नबिकेपछि जुन २५ मा शिकागोबाट हुने भनिएको उडान रद्द गरिएको थियो । जुन २३ मा न्युयोर्कबाट २७८ जना नेपालीहरु लिएर टर्किस एयरलाइन्सको विमान नेपाल गएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com