बलिउड अभिनेता सुशान्तसिंह राजपुतको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । निधन भएको ११ दिनपछि सार्वजनिक रिपोर्टमा सुशान्तले पासो लगाएका कारण श्वास फेर्न नसकेर मृत्यु भएको देखिन्छ । पोस्टमार्टम रिपोर्ट पाँच डाक्टरले विश्लेषण गरेका थिए ।
मुम्बई प्रहरीका अनुसार अब भिसेरा रिपोर्ट आउन बाँकी छ । कुनै व्यक्तिको मृत्युपश्चात् उसको शरीरको महत्त्वपूर्ण अंग लिएर गरिने जाँचलाई भिसेरा परीक्षण भनिन्छ ।
सुशान्तको परिवारले हत्या भएको आशंका गर्दै आएका छन् । तर पोस्टमार्टम रिपोर्टले भने त्यस्तो देखाएको छैन। प्रहरीले सुशान्तको परिवार, साथी, म्यानेजर, टीमका सदस्य, घरमा काम गर्ने स्टाफ, प्रेमिका रिया चक्रवर्तीसहित २३ जनासँग बयान लिइसकेको छ । एजेन्सी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।