लगातारको वर्षासँगै सडकमा झरेको पहिरोले अवरुद्ध सन्धिखर्क–गोरुसिङ्गे सडक ५ दिनपछि सुचारु भएको छ । सडकभन्दा करिब २५० मिटर माथिबाट खसेको पहिरो करिब १०० मिटर लामो सडकमा फैलिदाँ अवरुद्ध बनेको सडक स्काभेटर तथा डोजर प्रयोग गरी हटाइएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।
सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड अन्तर्गत नरपानी र खाँचीखोला आसपासमा खसेका पहिरोका कारण ५ दिनसम्म बाटो अवरुद्ध हुँदा आवागमन ठप्प भएको थियो । पहिरो हटेपछि रोकि राखेका सवारीसाधनहरु गन्तव्यतर्फ लाग्न थालेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।