कोरोना संक्रमित बढेपछि दक्षिण कोरियामा पुनः कडाइ गरिँदै


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

दक्षिण कोरियाको पाँचौं ठूलो सहर डाइजोङमा पुनः एकपटक प्रतिबन्ध तथा भौतिक दुरी कायम राख्ने नियममा कडाइ गरिने भएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा देखिएसँगै यस्तो निर्णय गरिएको हो । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १७ संक्रमित फेला परेका छन् । जसमध्ये ६ जना विदेशबाट आएका नागरिक हुन् ।

दक्षिण कोरियाका लागि पछिल्लो २४ घण्टामा भेटिएको नयाँ संक्रमितको संख्या करिब एक महिनायताकै सबैभन्दा कम हो । यद्यपि अधिकारीहरुले आगामी दिनमा कोरोना भाइरसको महामारी बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गर्दै आएका छन् । विशेषगरी डाइजोङ सहरको विषयलाई लिएर अधिकारीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । यो सहर राजधानी सोलभन्दा केवल ५० माइल टाढा छ ।

म्युजियम, स्पोर्टस् हल र पुस्तकालयहरु बन्द गरिएका छन् । यसैबीच राजधानी सहर सोलका मेयरले भने आफूहरुले कोरोना भाइरसको दोस्रो लहरको संक्रमणका लागि तयारी गरिरहेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com