भारतीय अवरोधले २० ट्रक अलैँची र चिया मेचीपुलमा अलपत्र


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातका लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बङ्गाल प्रहरी र अर्धसैन्य बल एसएसबीको अवरोधका कारण नेपाली ट्रक बिहीबारदेखि मेची पुलमै रोकिएका हुन् ।

रोकिएका ट्रकमा नेपाली कृषि उत्पादन चिया र अलैँची छन् । ती वस्तु भारतको सिलगढी पठाइएको नेपाली व्यापारीले बताएका छन् । कोरोना महामारीको अवस्थामा समेत काँकडभिट्टा नाका खुला रहँदै आएको छ । भारतबाट जुनसुकै सामान पनि नेपाली नाका पार गरेर आउने गरेका छन् । तर भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले कोरोनाको बहानामा सीमावर्ती पानीट्याङ्की नाकामा नेपाली सामानलाई एकतर्फीरुपमा रोक्दै आएको छ । पानीट्याङ्की भन्सार कार्यालयमा सम्पर्क गर्दा भारतको केन्द्रीय सरकारबाट नेपाली सामानलाई कुनै रोक लगाइएको छैन भन्ने जानकारी आएको जनाउँदै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्मा भन्छन्, “तर नेपाली सामान लोड भएका गाडीलाई भारतीय भन्सार पुग्नुअगावै त्यहाँको पुलिस र एसएसबीले रोक्ने गरेको छ ।”

गत बिहीबार नेपालबाट कृषिवस्तु बोकेका २३ गाडी भारततर्फ गएका थिए । जसमध्ये दुई गाडी अलैँची र एक गाडी अम्लिसो भने भारतीय प्रहरीले लैजान दिएको छ । लामो अवधिदेखि मेची पुलमा अलैँची र चिया जस्ता मूल्यवान बस्तु अलपत्र अवस्थामा रहँदा सुरक्षाको समेत चिन्ता थपिएको छ । गाडीका चालकले पुलमै रातदिन बिताएर सामान र ट्रकको सुरक्षा गरिरहेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईले प्रत्येक ट्रकमा रु डेढ करोडभन्दा बढी मूल्यको अलैँची लोड गरिएको जानकारी दिए । उनले समस्याको समाधानबारेमा केन्द्रीय सरकार र प्रदेश सरकारको विभागीय मन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।

नाकामा अवरोध नगर्न नेपालका तर्फबाट मन्त्रालय तहबाट पठाइएका पत्रको भारतले जवाफ नपठाएको महासचिव भट्टराईले बताए । अबको विकल्प भने भारतको जोगवनी नाका हुनसक्ने भट्टराईको भनाइ छ । पश्चिम बङ्गाल सरकारले नाकामा अवरोध गरेको हुँदा विहारको नाका जोगवनी प्रयोग गर्न सकिने सम्भावना छ । तर सामानको कोलकातामा प्रयोगशाला जाँच भएर रिपोर्ट पानीट्याङ्की नाकामा आइसकेको हुँदा फेरि जोगवनी नाका प्रयोग गर्दा दोहो¥याएर प्रयोगशाला जाँच गर्नुपर्ने झण्झट हुने उनको भनाइ छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com