युएईबाट १ सय ५१ नेपाली लिएर नेपाल उड्यो हिमालय


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एक सय ५१ जना नेपाली आज नेपाल फर्किएका छन्। हिमालय एयरलाइन्सको उडान नम्बर एच–९ (५६७२) मार्फत युएईको आबुधावीबाट स्थानीय समय अनुसार बिहान ४ः२० बजे एक सय ५१ जना स्वदेश फर्किएका हुन्। फर्कनेहरुमा २५ महिला र १ सय २६ पुरुष रहेका छन्।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेकाहरु छन्। उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल सरकारले तोकेको ३ सय ८५ अमेरिकी डलर अर्थात् झण्डै ४६ हजार रुयैयाँको टिकट काटेर नेपाल फर्किएका हुन्।

उनीहरुलाई आबुधावी विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो। जसमध्ये तीन जना यात्रुलाई कोरोना पोजेटिभ देखिएकोले उनीहरु नेपाल फर्कन पाएनन्। उनीहरुलाई बिमानस्थलबाट नै होम क्वारेन्टाइनमा पठाइएको नेपाली दूतावास आबुधावी श्रम सहचारी मोतिराम भुसालले बताए।

उनीहरुको सहजिकरण र बिदाइको लागि नेपाली दूतावासका आबुधावीका श्रम सहचारी मोतिराम भुसाल,श्रम काउन्सिलर निर्मला थापा जनसंपर्क अधिकृत इरफान आलम र सहदेव गिरी विमानस्थल पुगेका थिए।साथै जनसम्पर्क समिति यूएईका सल्लाहकार एवं आबुधावी राहत टिमका संयोजक कृष्ण गौतम पनि विमानस्थल पुगेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आजै यूएईबाट नेपाल एयरलाइन्स र फ्लाई दुवईको उडान हुने छन्। समय तालिका परिवर्तन नभए फ्लाई दुबई स्थानिय समय अनुसार बिहान ८ः०० बजे र नेपाल एयरलाइन्सको ११ः१० बजे दुबई बिमानस्थलबाट उडान हुने तालिका रहेको छ। हिजो एयर अरेबियाको जि ९–१७५१ मार्फत युएईको शारहजाबाट १ शिशुसहित २६ महिला र १ सय ४२ पुरुष जना स्वदेश फर्किएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com