निर्वाचन दोस्रो चरणमा गर्ने कुरा आयोगले सोचेको छैनःआयुक्त शर्मा


प्रकाशित मिति : चैत्र ३०, २०७३ बुधबार

निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्ने कुरा आयोगले नसोचेको वताउनु भएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै आयुक्त शर्माले निर्वाचन दुई चरणमा गर्न सरकारबाट आदेश आएमा समस्या नरहने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “दुई चरणमा गर्ने आदेश आएमा सोच्न सकिन्छ ।”

यसैबीच आयोगले आज यहाँ राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीसँग निर्वाचन आचारसंहिता, अनुगमन, उजुरी व्यवस्था एवम् निर्वाचन विवाद निरुपण विषयमा छलफल गरेको छ । कार्यक्रममा आयोगका सहसचिव दिनेश घिमिरेले निर्वाचन आचारसंहिताका विषयमा प्रस्ट्याउनु भएको थियो ।

सो अवसरमा विभिन्न राजनीतिक दलसँग आबद्ध प्रतिनिधिले विगतका निर्वाचनभन्दा आगामी निर्वाचन केही फरक संरचनाको भएकाले मतदाता शिक्षा व्यापकरुपमा सञ्चालन गर्नुपर्ने र आचारसंहिताको अक्षरशः पालना गर्न आयोगले विषेश ध्यान दिनुपर्ने सुझाव दिएका थिए । यसैबीच नेकपा ९माओवादी केन्द्र०ले धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा कुन व्यक्तिलाई उठाउने भन्ने टुङ्गो लगाएको छ ।

उपमहानगरको प्रमुखमा धनगढी–७ का रामसमझ राना र उपप्रमुखमा वडा नं ८ की शान्ति अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउने निधो गरेको उक्त पार्टीका केन्द्रीय सदस्य रमेश धामीले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी गोदावरी नगरपालिकाको प्रमुखमा गोकर्ण भट्ट र टीकापुर नगरपालिकाको प्रमुखमा शिव थापालाई उठाउने निधो भएको धामीले राससलाई बताउनु भयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com