जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

जापानमा कोरोनाभाइरसको खतराका कारण बन्द गरिएका आर्थिक गतिविधिहरु पुनः सुचारु गर्न थालिएको छ । व्यापार व्यवसाय सञ्चालनका लागि सरकारी तवरबाट आग्रह गरिएको तर जबरजस्ती भने नगरिएको अधिकारीहरुले जनाएका छन् । रेस्टुरेन्टहरुलाई सकेसम्म धेरै सिट कोठाभन्दा बाहिर बनाउन सुझाव दिएको पनि जनाइएको छ ।

कोरोनाभाइरसको जोखिम अझै पनि उत्तिकै रहेकाले जुनसुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गरेर मात्रै गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । विश्वभरी नै नयां सामान्यता ख्याल गर्दै पुरानै अवस्थामा फर्किने क्रम शुरु भइसकेकाले जापानमा पनि सतर्कता र सन्तुलनलाई ध्यान दिन लगाइएको छ ।

कोरोनाभाइरससंग डराएर लामो समयसम्म आर्थिक गतिविधिहरु बन्द गर्दा पर्यटन, निर्यातसंगै साना व्यापार व्यवसायहरुलाई धेरै मर्का परेको पाइएको छ । जापानमा अन्य कतिपय देशहरुमा झैं लकडाउन अति कडाइका साथ लागू नगरिएकाले कोरोनाभाइरसको खतरा र त्यसले क्षति गर्नसक्ने संभावना अझै पनि रहेकाले त्यसलाई ध्यान दिनै पर्ने अर्थविद्हरुले पनि बताएका छन् ।

जापानले कतिपय बस्तु तथा सेवाहरु निर्यात गर्ने देशहरुमा पनि अझै सामान्य अवस्था नआएको र आवतजावत गर्न वा ढुवानी गर्न नपाइएकाले अर्थतन्त्रमा असर भने परि नै रहेको उनीहरुको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्थविद्हरुले जापानको अर्थतन्त्र तत्कालै र सजिलै सुधार हुने अवस्थामा नरहेको पनि विश्लेषण गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com