मातृभूमि फर्कन ५० हजार इच्छुक, परराष्ट्र मन्त्रालयको प्राथमिकतामा २४ हजार


प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार

कोरोना भाइरसको सङ्कटका कारण नेपाल फर्कन चाहनेहरू विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएका छन् । जसमध्ये प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १४८ जनालाई मात्र फर्कन पाउने सिफारिस गरेको छ ।

भिसा अवधि समाप्त भएका, श्रम करार सकिएको, तालिम तथा भ्रमणमा गएका, काजकिरियामा आउनुपर्ने, बिरामी तथा वृद्धवृद्धा तथा अशक्त रहेका र आममाफी पाएर फर्कन खोजेकालाई पहिलो प्राथमिकतामा राखेर फर्कने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई पठाएको सूची अनुसार युएइबाट मात्र १७ हजार ३७५ ले फर्कन चाहना राखेका छन् । जसमध्ये ४१० जनाले फर्कने सिफारिस प्राप्त गरेका छन् । त्यस्तै, बहराइनबाट एक हजार ११८ मध्ये ३७२ जनाले फर्कने अनुमति पाएका छन्

मलेसियाबाट फर्कन चाहेका छ हजार ४२५ मध्ये सबैले फर्कन सिफारिस पाएका छन् । कतारबाट आठ हजार ३७० मध्ये तीन हजार ६०८ जना फर्कन पाउने भएका छन् । कुवेतबाट ७९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कन पाउने भएका छन् । साउदी अरबको रियादबाट छ हजार ५४४ मध्ये दुई हजार १५२ ले र साउदीकै जेद्दाबाट फर्कन चाहेका एक हजार १६० जना सबैले फर्कने सिफारिस पाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी, निवेदन दिएकामध्ये सबैले फर्कन अनुमति पाएकामा ओमानबाट ६५६ जना, साइप्रसबाट ४७१ जना, बङ्गलादेशबाट ८६० जना, श्रीलङ्काबाट ३६ जना, मालदिभ्सबाट ७२४, पाकिस्तानबाट १२५ र कम्बोडियाबाट १४१ जना रहेका छन् । सिङ्गापुरबाट ६१ जना, थाइल्याण्डबाट ३५७ जना, भियतनामबाट चार जना, लाओसबाट दुई जना, दक्षिण कोरियाबाट २८२ जना, जापानबाट ९१६ जना, इजरायलबाट ३९ जना, अष्ट्रेलियाबाट एक हजार तीन सय जना, अमेरिबाट ६४६ जना, बेलायतबाट ४९ जना, क्यानडाबाट ७८्र जना, डेनमार्कबाट ७६ जना फर्कँदैछन् । त्यस्तै, युगाण्डाबाट १६१ जना, नाइजेरियाबाट ९७ जना, सुडानबाट ३१ जना, दक्षिण सुडानबाट १८ जना र मोरक्कोबाट ६९ जनाले फर्कने अनुमति पाएका छन् ।

विभिन्न मुलुकबाट पहिलो चरणमा ३१ वटा जहाजको फ्लाइटले विदेशमा अलपत्र नेपाली फर्काउने तयारी छ । जस अनुसार युएइ, मलेसिया, कुवेत, साउदीको रियाद, कतार, अमेरिका र बेलायतबाट दुई/दुई वटा उडान हुनेछ । अन्य देशबाट एक/एक फ्लाइट हुनेछ । पहिलो चरणमा पाँचदेखि सात वटा जहाज उडानबाट आउने नेपालीको सहज व्यवस्थापन गरिने जनाइएको छ । त्यसपछि दोस्रो चरणमा परराष्ट्र मन्त्रालय र विदेशस्थित कूटनीतिक नियोगको समन्वय र प्राथमिकतामा उडान हुनेछ । अन्य उडान भने परराष्ट्र र नागरिक उड्डयनको समन्वयमा उडान तय हुने बताइएको छ ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपाल स्वदेश फर्कने क्रममा मङ्गलबार ११ जना स्वदेश फर्कदैछन् । अस्ट्रलियाबाट राती १०ः४५ बजेको उडानमा उनीहरू स्वदेश फर्कन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । स्वदेश फर्केका उनीहरूलाई काठमाडौँस्थित एक होल्डिङ सेन्टरमा राखिने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।
बुधबार कुवेतबाट तीन सय जना नेपाली नेपाल फर्कँदैछन् । उनीहरू आउने जहाजको समय भने तय भएको छैन । बुधबार बिहानसम्म समय तय हुने जनाइएको छ ।गोरखापत्रबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com