आगामी असार ७ गतेसम्म कर तिर्ने समय


प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार

आन्तरिक राजश्व विभागले करको विवरण तथा कर बुझाउने समय थप गरेको छ । करको विवरण बुझाउने म्याद आगामी असार ७ गतेसम्म तथा रकम दाखिला गर्ने समय असार १५ गतेसम्म कायम गरिएको विभागले जनाएको छ । यसअघि विभागले यही जेठ २५ गतेभित्र कर बुझाउन सूचना जारी गरेको थियो । व्यवसायीको मागलाई ध्यानमा राख्दै विभागले बुधबार सूचना जारी गर्दै करको विवरण तथा कर बुझाउने समय थप गरेको हो ।

“विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताले आवधिकरूपमा बुझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरणअनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद २०७७ जेठ २५ गते र जेठ मसान्तसम्म थप गरिएकामा उक्त अवधि पुनः थप गरिएकाले सो अवधिभित्र विवरण र कर दाखिला गर्नुहुन सम्बन्धि सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com