बेलायतमा ६३ जना नेपाली कोरोना संक्रमणबाट मृत्यु : नेपाली दूतावास


प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार

बेलायतमा मृत्यु भएका ६३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । लण्डनस्थित नेपाली दूतावासले शुक्रबारसम्म ६३ जना नेपालीको कोरोनाबाट मृत्यु भएको पुष्टी गरेको हो ।

दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार मृतकहरुमध्ये ५२ जना पुरुष र ११ जना महिला छन् । त्यस्तै, मृतकमध्ये भूतपूर्व गोर्खा र उनीहरुका परिवारका सदस्य ५२ जना छन् भने बाँकी ११ जना गैरगोर्खा समुदायबाट छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीमा अधिकांश ७० वर्षभन्दा बढी उमेरका रहेको दूतावासले जनाएको छ । त्यसैगरी, कुल मृतकमध्ये आधा भन्दा केहि बढी लण्डनबाहिरका शहरबाट छन् भने बाँकी लण्डनका छन् ।

लण्डनबाहिर ननिटन, बेजिङस्टोक, रेडिङ लगायत क्षेत्रमा बढी नेपालीको मृत्यु भएको तर बेलायतमा सबैभन्दा बढि नेपालीको बसोबास रहेको अल्डरसट क्षेत्रमा तुलनात्मक रुपमा मृत्यु संख्या न्यून रहेको दूतावासको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायतमा कोरोनाको संक्रमण भएका धेरै नेपालीहरु भने अहिले निको भइसकेको दूतावासले जनाएको छ । अहिले पनि अस्पतालमै रहेर उपचार गराइरहेका संक्रमित नेपाली करिब १५ जना रहेको र घरमै ‘आइसोलेसन’ मा बस्नेको संख्या पनि खासै धेरै नरहेको बताइएको छ ।

दूतावासले ‘गोर्खा वेल्फेयर ट्रस्ट’, भूतपूर्व गोर्खाका संस्था, स्थानीय काउन्सिल लगायतसंगको समन्वयमा तथ्यांक संकलन गरिएको बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com