पुनर्निर्माणमा महिला डकर्मी


प्रकाशित मिति : चैत्र २५, २०७३ शुक्रबार

विदुर आचार्य / हिजोआज भोताङ–५ का नौले तामाङको बन्दै गरेको घर हेर्न सानोतिनो मेला नै लाग्ने गरेको छ । भूकम्पले घर भत्काएपछि उनले नयाँ घर बनाउन थालेका हुन् । तर, मानिसहरू तामाङको नयाँ घर हेर्न भन्दा घर बनाउने काममा संलग्न महिला डर्कमी सुनिता तामाङको काम हेर्न आएका देखिन्छन् ।

घरधनी तामाङ पनि महिला डकर्मीको काम हेर्न आउनेहरुको संख्या देखेर दङ्ग देखिन्छन् । महिलालाई डर्कमीको रूपमा कहिल्यै नदेखेका स्थानीयले सुनिताले त्यस्तो काम कसरी गर्ने रहेछन् भनेर प्रत्यक्ष हेर्न आएको तामाङको बुझाइ छ ।

‘म आफैँलाई पनि सुरुमा गाह्रो लगाउने, मसला तयार गर्ने, पिलर तयार गर्ने काम महिलाले गर्न सक्दैनन् जस्तो लागेको थियो तर, सुनिताको काम देखेपछि म सन्तुष्ट भएको छु’, खुसी मुद्रामा तामाङले भने ।

घरधनी तामाङ पुरुषले मात्रै गर्दै आएको काम महिलाले पनि गरेको देखेर अरू महिला पनि डकर्मीको रूपमा काम गर्न अगाडी बढ्न सक्ने मान्छन् । ‘अहिले एकै पटकमा धेरै घरहरू बनाउनुपर्ने भएकोले महिलाका लागि सीप सिक्ने र क्षमता देखाउने अवसर पनि हुनसक्छ’, उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँचपोखरी–४ भोताङकी २८ वर्षीय सुनिता तामाङले ४ वर्ष डकर्मी सहायक (हेल्पर) को रूपमा काम गरेकी थिइन् । डकर्मी बन्ने चाहना हुँदाहुँदै उनले पुराना डकर्मीबाट सिक्नु बाहेक अरू मौका पाएकी थिइनन् । गत जेठमा सम्पन्न एक हप्ते डकर्मी तालिमपछि उनले सुरक्षित घर बनाउने विधि सिक्न पाएकी थिइन् । यसपछि उनले पनि डकर्मीको रूपमा काम गर्न आँट गरिन् ।

‘तालिमपछि आत्मविश्वास बढ्यो, यसपछि दक्ष डकर्मीको रूपमा काम गर्न र आफ्नो क्षमता प्रस्तुत गर्ने मौका पाएँ’, उनले भनिन् । छेउमै बसेका अर्का डकर्मीलाई सघाउँदै सुनिताले थपिन्, ‘मैले गरेको काम मनपराउनु भएका कारण हौसला पनि बढेको छ ।’ डकर्मीको तालिम लिएपछि उनको सोच समेत बदलिएको छ । भूकम्पका कारण ढुङ्गा माटोको गाह्रो भएको २ तले घर भत्किएपछि सुनिता यसखाले घर नबनाउने सोचमा पुगेकी थिइन् । सात दिनको डकर्मी तालिमपछि ढुङ्गाको गाह्रो भएको घर पनि सुरक्षित बनाउन सकिने रहेछ भन्ने उनले बुझेकी छन् ।

सुनिता भन्छिन्, ‘भूकम्पपछि त पिलरवाला घर मात्रै सुरक्षित हुने रहेछ भन्ने लागेको थियो । जगदेखि छानोसम्म विभिन्न ठाउँमा बन्धन राख्ने हो भने, गुणस्तरीय सामाग्री प्रयोग गर्ने र तालिम लिएका डकर्मी सिकर्मी प्रयोग गर्‍यो भने ढुङ्गाको घर पनि सुरक्षित बन्ने रहेछ ।’

तालिमपछि नियमित रूपमा काम गरिरहेकी सुनिता वडा नम्बर ३ को महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् । तर, अहिले उनी अधिकांश समय घर बनाउने काममै संलग्न देखिन्छिन् ।

‘दिनमा खाना, खाजा खाएर ६ सय ५० रुपैंयाँका दरले पुरुष सरह पारिश्रमिक पाउँछु, महिनामा झन्डै १८/२० दिनसम्म त काम गरिरहेको हुन्छुु’, उनले भनिन् ।

फागुनको दोस्रो हप्तासम्ममा सुनिताको संलग्नतामा भोताङमा २ वटा पिलरवाला र २ वटा ढुङ्गा माटोका घर बनेका छन् । सुनिताका श्रीमान् निजी श्रोतको शिक्षकका रूपमा कार्यरत छन् । आम्दानीको अरू बलियो स्रोत नभएकोले डकर्मी पेसामा संलग्न हुनु परेको सुनिताको भनाइ छ । भोताङमा अहिलेसम्म ९ महिला सहित ८९ जनाले ७ दिने डकर्मी तालिम पाइसकेका छन् ।

महिला डकर्मीहरुको मात्रै टोली बनाएर सुरक्षित घर बनाउने योजना पनि छ, सुनिताको । तालिम लिएका ९ जना महिलाले अरू पुरुष डकर्मीको पनि साथ र सहयोग पाएकोले महिलाको छुट्टै टोली बन्नेमा उनी ढुक्क देखिन्छिन् । ‘डकर्मीको सहायक भएर काम गरिरहेका अरू महिलालाई पनि यस्तो तालिम दिएर क्षमता विकास गराउनुपर्छ’, सुनिताले भनिन्, ‘अझ लामो अवधिको तालिम भए अदक्ष वा यस सम्बन्धी रुचि राखेका महिलालाई पनि दक्ष बनाउन सकिन्छ ।’

जगदेखि छानोसम्म विभिन्न ठाउँमा बन्धन राखेर घर बनाउँदा पहिलेजस्तै भूकम्प आए पनि धेरै क्षति हुन नपाउने सुनिताको भनाइ छ । ‘घर बनाउँदा सुरक्षित ठाउँ हेरेर ३ फिट गहिरो र चौंडाई भएको जग खन्ने, गुणस्तरीय सामाग्री प्रयोग गर्ने, बेलाबेलामा प्राविधिकको सल्लाह लिने गर्दा ढुङ्गा माटोको घर पनि सुरक्षित बनाउन सकिन्छ’, डकर्मीको पारामा सुनिताले भनिन् ।महिला खबर

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com