बेलायतमा कोरोनाबाटै फेरि अर्का गोर्खाको मृत्यु


प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार

कोरोना भाइरसको संक्रमणबाट बेलायत बस्दै आएका अर्का एक भूतपूर्व गोर्खा सैनिक कर्णबहादुर राईले ज्यान गुमाएका छन् ।

गत अप्रिल २८ तारिख बेलायतको ‘मेइड्स्टोन’ स्थित ‘मेइड्स्टोन अस्पताल’ भर्ना भएका ७७ वर्षीय राईको उपचारकै क्रममा शनिबार बिहान निधन भएको उनका छोरा टंकराज राईले नेपाली लिंकलाई जानकारी गराए ।

ताप्लेजुङ जिल्लाको मौवाखोला गाउँपालिका २, लेकुवा स्थायी घर भएका मृतक छोरा, छोरी र ज्वाईंका साथ बेलायतको मेइड्स्टोनमा बस्दै आएका थिए ।

सन् २०१७ को जनवरीमा बेलायत आएको एक साताभित्रै उनकी श्रीमतीको निधन भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छोरा टंकराजका अनुसार मृतक राईलाई यसअघि कुनै गम्भीर स्वास्थ्यसमस्या थिएनन् । पछिल्लो समय टाउको दुखेर सिटामोल खाँदै घरमै बसेका उनलाई ज्वरो भने थिएन ।

श्वास फेर्न गाह्रो भएपछि अप्रिल २८ को राति उनलाई इमर्जेन्सीमा अस्पताल भर्ना गरिएको थियो । डाक्टरले फोक्सोको अवस्था बिग्रिएको भन्दै ‘भेन्टिलेटर’ मा राखेका थिए । उनलाई कोरोना संक्रमण भएको जानकारी पनि अस्पतालले परिवारलाई गराइसकेको थियो ।

‘मुख्य समस्या फोक्सोमा देखाएको थियो । भेन्टिलेटरमै रहेपनि सुधार हुन्छ कि भन्ने आशा हामीलाई थियो’, नेपाली लिंकसंग मृतकका छोरा टंकराजले भने, ‘अस्पतालबाट एक्कासी फोन गरेर नराम्रो खबर सुनाए ।’

यकिन संख्या उपलब्ध नभएपनि बेलायतमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ दर्जन जति नेपालीले ज्यान गुमाइसकेका छन् । जसमा अधिकांश पूर्व गोर्खाहरु छन् ।

नेपाली लिङ्क

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com