अमेरिकामा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्दै अन्सो


प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार

अमेरिकाम रहेको युनाइटेड नेपलिज स्टुडेन्ट युनियन अन्सोले अमेरिकामा एफ वान भिसामा रहेका र समस्यामा रहेका नेपाली विद्यार्थीहरुलाई सहयोगका लागि तथ्यांक संकलन सुरु गरेको छ । कोरोनाको महामारीका बेलामा सहयोग आवश्यक रहेका विद्यार्थीहरुको तथ्यांक संकलन गरिरहेको र त्यसपछि सहयोग उपलब्ध गराइने विजयमान सिंहले जानकारी दिएका छन् ।

सन् २०१४ मा गैरनाफामुलक संस्थाका रुपमा स्थापित युनाइटेड नेपलिज स्टुडेन्ट अर्गनाइजेनले अमेरिकामा विभिन्न क्षेत्रमा नेपाली विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ । अहिले आर्थिक संकलन भइरहेको र तथ्यांक संकलनपछि उक्त आर्थिक रकम विद्यार्थीहरुलाई वितरण गरिने जनाइएको छ ।

अहिले एनआरएनए लगायतका संस्थाको सहयोगमा न्युजर्सी लगायत विभिन्न राज्यमा रहेका नेपाली विद्यार्थीहरुको सहयोगका लागि काम गरेको सिंहले जानकारी दिए । अहिलेसम्म न्युयोर्कमा ६० विद्यार्थीको नाम संकलन गरेको र आधारभूत सहयोगका लागि काम गरिरहेको उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समस्यामा परेका नेपाली विद्यार्थीहरुले विजयमान सिंहलाई ३४७ ४७१ ७३३३, सन्तोष महर्जनलाई ७१८ ५१० २०७४ मा, चन्द्रबिक्रम मल्ललाई ६०१ २९१ ३८८६ मा वा [email protected] मा सम्पर्क गर्न सक्नेछन् । गोफण्डमी र व्यक्तिगत सम्पर्कबाट समेत अहिले सहयोग संकलन भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com